चुरे क्षेत्रको ढुंगा, गिटी, बालुवा निकासी गरेर व्यापार घाटा कम गर्ने विषय बजेटमा समेटिएको भन्दै नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आपत्ति जनाएका छन्।
अध्यादेशमार्तफ ल्याइएको बजेटमा निजी क्षेत्रको संलग्नतामा चुरेक्षेत्रमा बसोबास गराउने, बन क्षेत्रमा होटल, मोटल, रिसोर्ट खोल्ने लगायत ढुंगा, गिटी, बालुवा निकासी गरेर व्यापार घाटा कम गर्ने बताइएको थियो।
सरकारले तराईलाई मरुभूमीकरण गर्न खोजेको उनले बताएका छन्। उनले उक्त कार्य तुरुन्त खारेज गर्नसमेत भनेका छन्।
प्रचण्डलाई उदृत गर्दै उनकी स्वकीय सचिव गंगा दाहालले भनेकी छन्, 'असंवैधानिक सरकारले बजेट मार्फत ‘नेपालको ढुंगा, गिट्टी, बालुवा निकासी गरेर ब्यापार घाटा कम गर्ने’ नाममा कुर्सी बचाउने र तराईलाई मरुभूमिकरण गर्ने राष्ट्र र जन बिरोधी निर्णय तुरुन्त खारेज गरियोस।'
Shares

प्रतिक्रिया