राजनीति


कांग्रेसले २ पार्टी फुटाउन खोज्यो भन्ने पर्यटनमन्त्रीको आरोपमा मीनेन्द्र रिजालको यस्तो ‘काउन्टर’

कांग्रेसले २ पार्टी फुटाउन खोज्यो भन्ने पर्यटनमन्त्रीको आरोपमा मीनेन्द्र रिजालको यस्तो ‘काउन्टर’

नेपालखबर
जेठ १७, २०७८ सोमबार ११:८,

नेपाली कांग्रेसका नेता डा. मीनेन्द्र रिजालले कांग्रेसले एमाले र जसपा विभाजन गराउन लागको भन्ने संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री भानुभक्त ढकालको आरोप निराधार रहेको बताएका छन्।

सोमबार नेता रिजालले नेकपा (एमाले)भित्र झगडाको बीउ आफूहरुले लगाएको नभई प्रधानमन्त्री केपी शर्मा ओलीको अहंकार र सबैलाई पेल्ने प्रवृत्तिका कारण विवाद उत्पन्न भएको बताएका हुन्।

सरकारका विरुद्ध कांग्रेसले अविश्वासको प्रस्ताव ल्याउनुपर्ने आम मागका बीच पनि सरकार विरुद्ध अविश्वास प्रस्ताव नल्याई आफै आलोचित हुँदासम्म पनि कांग्रेस चुप लागेर बसेको उल्लेख गर्दै उनले अहिले भने देश र जनताको बृहत्तर स्वार्थ र हितलाई ध्यान दिँदै प्रधानमन्त्रीका लागि विकल्प प्रस्तुत गरेको बताए।

उनले भने, ‘यो निराधार आरोप हो। नेकपा व्यवस्थापन गर्न सक्नुभएन प्रधानमन्त्रीले। उहाँको अहंकार र सबैलाई पेल्ने प्रवृतिका कारण पार्टी फुटको संघारमा पुग्दापनि हामी संयमित भयौँ।’

यो पनि –
पर्यटनमन्त्री ढकालको आरोप : एमाले र जसपालाई विभाजन गर्न कांग्रेसले प्रधानमन्त्रीमा दाबी गर्‍यो

प्रतिनिधि सभा विघटनपश्चात् पनि कांग्रेसले अविश्वास प्रस्ताव दर्ता नगरेका कारण निकास निस्केन भनेर आलोचना टिप्पणी खाए पनि अर्काको पार्टीमा नपसेको उनले दाबी गरे।

‘यो बीउ हामीले लगाएको होइन। कांग्रेस अरु कसैको पनि झगडामा परेको छैन। हामीले कसैलाई उत्प्रेरित गरेका छैनौँ’, उनले भने, ‘दोस्रो पटक प्रधानमन्त्रीले प्रतिनिधि सभालाई विघटन गर्ने प्रपञ्च नगर्दासम्म हामीहरुले उहाँहरुले समर्थन छ भन्दाभन्दै पनि आफैँ चुप लागेर बस्यौँ। बरु त्यसको लागि हामी आलोचित भयौँ। त्यो आलोचना सह्यौँ। अहिले देश र जनताको बृहत्तर स्वार्थ र हितका लागि हामीहरुले उहाँहरुसँग साथ लिएर विकल्प प्रस्तुत गर्न आवश्यक थियो। त्यो विकल्प प्रस्तुत गर्यौँ।’

सोमबार नै संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्री भानुभक्त ढकालले एमाले र जसपालाई विभाजन गराउनका लागि नेपाली कांग्रेसले प्रधानमन्त्रीमा दाबी गरेको बताएका थिए।

मन्त्रीको सोही प्रतिक्रियाप्रति टिप्पणी गर्दै कांग्रेस नेता रिजालले कांग्रेसको प्रधानमन्त्रीमा दाबी कसैलाई फुटाउनको निम्ति नभएको स्पष्ट पारेका हुन्। न्यूज एजेन्सी नेपालबाट

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad