राजनीति


लुम्बिनीमा राष्ट्रिय सभा उपनिर्वाचनको मतगणना जारी

लुम्बिनीमा राष्ट्रिय सभा उपनिर्वाचनको मतगणना जारी

नेपालखबर
जेठ १७, २०७८ सोमबार १०:२४,

लुम्बिनी प्रदेश राष्ट्रिय सभाको उपनिर्वाचनको मतगणना सुरु भएको छ।

निर्वाचन आयोगका अनुसार दाङको घोराहीस्थित कर्मचारी मिलन केन्द्र परिसरमा आज बिहान ९ बजेदेखि ३ बजेसम्म मतदान भएको थियो। ३ सय मतदाता रहेकोमा २ सय ९७ मत खसेको जिल्ला निर्वाचन कार्यालयका सूचना अधिकारी गेहेन्द्र कुँवरले जानकारी दिए।

स्थानीयतह तर्फ कांग्रेसले ११८ मत प्राप्त गर्दा एमाले उम्मेदवारले ९३ मत प्राप्त गरेका छन्।

सो प्रदेशबाट निर्वाचित नेकपा माओवादी केन्द्रका नेता चन्द्रबहादुर खड्का एमालेमा प्रवेश गरेका कारण दल त्यागको कारबाहीमा परेपछि रिक्त पद पूर्तिका लागि आज उपनिर्वाचन भएको हो।

एमालेले माओवादी केन्द्रले निष्कासन गरेका खड्कालाई नै राष्ट्रिय सभा सदस्यको उम्मेदवार बनाएको छ भने विपक्षी गठबन्धनबाट नेपाली कांग्रेसका नेता दृगनारायण पाण्डे प्रतिस्पर्धामा छन्।

यसअघि एमाले नेता पाण्डे पनि गत वैशाखमा मात्र लुम्बिनी प्रदेश सभा सदस्यबाट राजीनामा दिएर कांग्रेसमा प्रवेश गरेका हुन्।

खड्कालाई जनता समाजवादी पार्टी (जसपा) को महन्थ ठाकुर–राजेन्द्र महतो पक्षले साथ दिएको छ भने पाण्डेलाई जसपाको उपेन्द्र यादव–डा. बाबुराम भट्टराई पक्ष, एमालेको माधवकुमार नेपाल समूह, नेकपा माओवादी केन्द्र र राष्ट्रिय जनमोर्चाको समर्थन छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad