राजनीति


पार्टी एकता जोगाउन सबै प्रयास गरेँ तर मजाक गरियो : प्रधानमन्त्री ओली

पार्टी एकता जोगाउन सबै प्रयास गरेँ तर मजाक गरियो : प्रधानमन्त्री ओली

नेपालखबर
जेठ १४, २०७८ शुक्रबार ११:८,

प्रधानमन्त्री केपी शर्मा ओलीले एमालेभित्रको पार्टी एकता जोगाउन लागिपरे पनि आफूलाई मजाक बनाइएको दाबी गरेका छन्।

पार्टीभित्रका माधव नेपाल पक्षको नामै नलिईकन उनले आफू एकताको पक्षमा लागेको बताएका हुन्।

‘पार्टीको एकताको रक्षाका लागि सबैखाले आक्षेप, अपमान र पीडा व्यहोरेर पनि निरन्तर प्रयत्नशील छु’, ओलीले भने, ‘भोलिका दिनमा पनि रहिरहनेछु।’

एकताको रक्षा र नेतृत्वको पक्षमा उभिएका साथीहरुलाई भड्काउने काम भएको उनको गुनासो छ।

पार्टीहरुलाई गुटहरुको संयुक्त मोर्चा, अन्त्यहीन विवादको थलो बनाउने केही नेताहरुको नियतका कारण एकाताको प्रयास सार्थक हुन नसकिरहेको उनले उल्लेख गरे।

‘यसबीचमा फ्लोर क्रस गर्ने गराउने काम भएका छन्’, उनले भने, ‘पार्टीका आधिकारिक उम्मेदवारलाई हराउन विपक्षीसँग साँठगाँठ गर्ने, साझा उम्मेदवारका नाममा वागी उठाउने जस्ता कामहरु गरिएका छन् । अनि आफ्नो पार्टी अध्यक्ष संसदीय दलको नेता र प्रधानमन्त्रीलाई हटाउन कहिले संसदमा अनुपस्थित हुने, कहिले विपक्षी नेतालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गर्नेजस्ता चरम विकृति र अनुशासनहीन काम भएका छन्।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad