राजनीति


सुदूरपश्चिम सरकारमा सहभागी ३ मन्त्रीलाई कारबाही गर्ने एमाले तयारी

सुदूरपश्चिम सरकारमा सहभागी ३ मन्त्रीलाई कारबाही गर्ने एमाले तयारी

नेपालखबर
जेठ १३, २०७८ बिहिबार १०:१,

नेकपा एमाले सुदूरपश्चिम प्रदेश कमिटीले सरकारबाट फिर्ता नआएका आफ्ना तीन मन्त्रीलाई स्पष्टीकरण सोधेको छ।

एमालेको तर्फबाट सरकारमा सहभागी प्रकाशबहादुर शाह, कृष्णराज सुवेदी र माया भट्टलाई सरकारबाट फिर्ता बोलाउँदै स्पष्टीकरण सोधिएको एमाले प्रदेश कमिटी अध्यक्ष कर्णबहादुर थापाले बताए।

एमाले प्रदेश कमिटी अध्यक्ष थापा र सचिव राजेन्द्र सिंहले रावलले पत्र पठाउँदै उनीहरुलाई २४ घण्टे स्पष्टीकरण सोधेका हुन्।

'उहाँरुको जवाफ आएपछि ३ जना मन्त्रीलाई पार्टीको साधारण सदस्यसमेत नरहनेगरी हटाउँछौ', थापाले भने।

एमाले स्थायी कमीटीले सरकारबाट फिर्ता हुने, नेकपा माओवादी केन्द्र नेतृत्वमा रहेको सरकारलाई दिएको समर्थन फिर्ता लिने र एमाले नेतृत्वमा नयाँ सरकार बनाउने निर्णय गरेको थियो।

'स्थायी कमिटीको निर्णयलाई अनाधिकृतरुपमा संसदीय दलको बैठक राखेर चुनौती दिने काम भयो। संसदीय दलले त्यस्तो निर्णय गर्न मिल्दैन। उहाँहरुलाई कारबाही हुन्छ', थापाले भने।

५३ प्रदेश सभा सदस्य रहेको सुदूरपश्चिम प्रदेशमा नेकपा एमाले (सभामुख सहित २५ सांसद) सबैभन्दा ठूलो दल हो।

प्रदेशमा एमाले र माओवादी केन्द्रको गठनबन्धनको सरकार छ। विभाजनको संघारमा रहेको एमाले नेपाल–खनाल र ओली दुई धारमा विभक्त छ।

सुदूरपश्चिम प्रदेश सभामा एमालेको नेपाल–खनाल समूह बलियो छ। एमालेका २५ सांसदमध्ये १८ जना नेपाल–खनाल र ६ जना ओली समूहमा देखिएका छन्।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad