नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले कोरोना महामारी नियन्त्रणमा चीनबाट नेपालले सिक्नुपर्ने बताएका छन्।
चिनियाँ कम्युनिष्ट पार्टीको अन्तर्राष्ट्रिय विभागले आयोजना गरेको भर्चुअल बैठकमा बोल्दै अध्यक्ष दाहालले कोरोना नियन्त्रण गर्न चीनको प्रयत्न उदाहणीय भएको बताएका हुन्।
उनले महामारी नियन्त्रणका लागि चीन सरकारले नेपाललाई मेडिकल सामाग्री उपलब्ध गराउनु खुशीको कुरा भएको बताए। नेपालको हिमाल, नदी र संस्कृतिसँग दुईदेशबीचको सम्बन्ध जोडिएको उल्लेख गर्दै उनले नेपाल एक चीन नीतिमा प्रतिबद्ध रहेको पनि बताए।
कार्यक्रममा नेपाली कांग्रेसका नेता नारायण खड्काले कोभिड १९ महामारीका कारण अक्सिजन, अक्सिजन सिलिण्डर लगायत स्वास्थ्य सामग्री अभाव भइरहेका बेला नेपाललाई स्वास्थ्य सामग्री सहयोग गरेकामा धन्यवाद दिए।
जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले दुईदेशबीच असल मित्रताको सम्बन्ध रहेको बताए। चीनले सधैँ नेपालको राजनीतिक स्थायित्व र विकास चाहेको उल्लेख गर्दै महामारीको बेलामा उपलब्ध गराएको खोप लगायत स्वास्थ्य सामग्रीले नेपालीको जीवन रक्षा गर्न सघाउ पुग्ने विश्वास व्यक्त गरे।

प्रतिक्रिया