ad ad

राजनीति


इजरायल–प्यालेस्टाइन युद्धविरामलाई निश्कर्षमा पुर्‍याउन अमेरिकी विदेशमन्त्री इजरायल पुगे

इजरायल–प्यालेस्टाइन युद्धविरामलाई निश्कर्षमा पुर्‍याउन अमेरिकी विदेशमन्त्री इजरायल पुगे

नेपालखबर
जेठ ११, २०७८ मंगलबार ९:२९,

उनी एक दशकभन्दा बढी समयसम्म अबरूद्ध बनेको बृहत् शान्ति प्रक्रियालाई तार्किक निश्कर्षमा पुर्‍याउन मध्यस्थताका लागि मध्यपूर्वको भ्रमणमा आएका हुन्।

उनले प्यालेस्टिनी विभाजन तथा इजरायली कट्टरपन्थी नेतृत्वका कारण जेरूसेलम र वरपरको पवित्र धार्मिक स्थलहरूमा एक दशकभन्दा लामो समयदेखि शान्ति प्रक्रियाका लागि जटिल समस्या बनेको बिषयलाई मिलाउन सहजीकरण गर्ने बताइएको छ ।

केही दिन पहिले रोकिएको ११ दिन लामो गाजा द्वन्द्वका कारण २५० व्यक्तिले ज्यान गुमाएका छन्। मारिनेमा अधिकांश प्यालेष्टिनी परेका र इजरायली तथा प्यालेष्टिनी पक्षबीच भएका रकेट आक्रमणका कारण कम्तीमा १०० महिला तथा बालबालिकासमेतको मृत्यु भएको छ।

दोहोरो युद्धमा गरीव समुद्री तटवर्ती इलाकामा व्यापक भौतिक संरचनाको समेत विनाश भएको थियो।

ब्लिंकेनले पुनर्निर्माण समन्वयमा ध्यान केन्द्रित गर्ने अपेक्षा राखिएको छ।

गत शुक्रबारदेखि कार्यान्वयनमा आएको युद्धविराम सम्झौताले अझै कुनै पनि अन्तर्निहित मुद्दाहरूलाई सम्बोधन गर्न नसकेको धारणा आइराखेका समय भएको अमेरिकी विदेशमन्त्री ब्लिंकेनको भ्रमणलाई गाजा क्षेत्रमा द्वन्द्व अन्त्य गर्ने प्रयासका रूपमा लिइएको छ।

वर्तमान अमेरिकी राष्ट्रपति जो बाइडेन सत्तामा आएपछि मध्यपूर्व पुग्ने ब्लिंकेन पहिलो उच्च पदस्थ अमेरिकी अधिकारी हुन्।

जो बाइडेनको आगमनसँगै यस क्षेत्रको जटिल समस्याबाट अमेरिकालाई बाहिर राख्ने र जलबायु परिवर्तनको मुद्दा र चीनसँगको प्रतिस्पर्धामा केन्द्रित हुने आशा गरिरहेका समय इजरायलले गाजामा गरेको आक्रमणपछि आफ्ना धेरै पूर्ववर्तीहरूजस्तै बाइडेन पनि पनि मध्य पूर्वमा व्याप्त हिंसाको अर्को संस्करणमा तानिएका छन्।

अमेरिकी विदेशमन्त्रीले इजरायलबाट आफ्नो यात्रा सुरु गरेका छन्।

ब्लिंकेनले इजरायली ठूलो समूहबाट कडा आलोचना खेपिरहेका त्यहाँका प्रधानमन्त्री बेन्जामिन नेतान्याहूसँग भेट्ने कार्यक्रम रहेको छ।

नेतन्याहुलाई इजरायली कट्टरवादी समूहहरूले प्यालेस्टिनी आक्रमणलाई निस्तेज पार्न वा गाजाका कट्टरपन्थी हमास शासकहरूलाई भारी चोट नपुर्‍याएको समेत आरोप लागेको छ ।

जरूसलेमको इजरायली प्रहरी र प्यालेस्टाइन प्रदर्शनकारीबीच अल–अक्सा मस्जिद परिसर र त्यसका वरिपरिको इलाकामा हप्तौंसम्म चलेको झगडाले यो युद्धलाई निम्त्याएको थियो।

इजरायलले मुसलमानको पवित्र रमजान महिनामा उक्त क्षेत्रमा बसोबास गर्ने यहूदी बस्तीले दर्जनौं प्यालेस्टिनी परिवारलाई धम्की दिएको भन्दै पछिल्लो युद्धको सुरूवात भएको थियो।

नेतान्याहूले अल–अक्सा वा बेदखलीहरूसम्बन्धी कुनै सार्वजनिक सहुलियतहरू लिने सम्भावना छैन किनकि यो हमासको मागलाई मानेको जस्तो देखिन्छ।

ब्लिंकेनले छिमेकी इजिप्ट र जोर्डनको पनि भ्रमण गर्ने कार्यक्रम छ। शुक्रबार भएको युद्धविरामपछि पनि कतिपय हिंसात्मक घटना भइरहेका समय अमेरिकी विदेशमन्त्रीको आवागमनलाई महत्वकासाथ हेरिएको छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .