ad ad

राजनीति


उपेन्द्र-बाबुराम पक्षले गरेको कारबाही अवैध भन्दै महन्थ-राजेन्द्र पक्षले आयोगलाई पठायो पत्र

उपेन्द्र-बाबुराम पक्षले गरेको कारबाही अवैध भन्दै महन्थ-राजेन्द्र पक्षले आयोगलाई पठायो पत्र

नेपालखबर
जेठ ९, २०७८ आइतबार १३:५४,

जनता समाजवादी पार्टी (जसपा)को महन्थ ठाकुर पक्षले अर्का अध्यक्ष उपेन्द्र यादव–बाबुराम भट्टराईले गरेको कारवाही प्रक्रिया अवैधानिक रहेको भन्दै निर्वाचन आयोगलाई पत्र पठाएको छ।

आइतबार बबरमहलमा बसेको कार्यकारिणी समितिको बैठकले पार्टीका अर्का अध्यक्ष ठाकुरको सहमति विना बसेको बैठकले गरेको निर्णय अवैधानिक हुने र प्रक्रिया अघि नबढाउन आग्रह गर्दै पत्र पठाएको जसपाका नेता शरतसिंह भण्डारीले जानकारी दिए।

शनिबार बसेको उपेन्द्र–बाबुराम पक्षको कार्यकारिणी समितिको बैठकले ठाकुर लगायतका राजेन्द्र महतो, लक्ष्मणलाल कर्ण र सर्वेन्द्र नाथ शुक्ललाई स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो।

भण्डारीका अनुसार आज अनौपचारिक कार्यकारिणीको बैठक बसेको थियो, जसमा २० जना सहभागी थिए।

‘हामीमाथि कारवाही गर्ने भनेर गरिएका निर्णय अवैधानिक रहेको र कार्यान्वयन नगर्नु भन्दै निर्वाचन आयोगमा पत्र पठाएका छौं,’ भण्डारीले भने।

बैठकमा राष्ट्रपति कार्यालयबाट नागरिकता विधेयक जारी भएको भन्दै खुशीयाली नै मनाइएको भण्डारीले बताए।

‘आमाको नामबाट नागरिकता पाउने अध्यादेश जारी भएर आज खुशीयाली नै दिएको छ,’ भण्डारीले थपे, बैठकमा प्रधानमन्त्रीलाई धन्यवाद दियौं।’

बैठकमा सरकारमा जानेबारेमा पनि कुरा उठेको थियो। जसपालाई ८ देखि १० मन्त्रालय लिन प्रधानमन्त्री ओलीकाे प्रस्ताव छ।

‘ओली सरकारमा सहभागिताको विषयमा कुरा उठेको थियो, महन्थजीले सरकारमा जाने कुरा गर्नुभएको छ तर, अझै केही माग सम्बोधन गरेर मात्र भन्नुभयो,’ भण्डारीले थपे ‘८ देखि १० मन्त्रालयको कुरा भएको छ टुंगो लागिसकेको छैन।’

माग मुद्दा सम्बोधनका विषयमा ठाकुर र प्रधानमन्त्री ओली निरन्तर छलफलमै छन्।

‘उहाँहरु नियमित छलफलमा हुनुहुन्छ,’ उनले भने।

अध्यक्ष उपेन्द्र यादवले पार्टी निर्णय विरुद्ध कांग्रेस गठबन्धनमा सहभागी भई शेरबहादुर देउवालाई साथ दिएको भन्दै उनीमाथि कारवाही प्रक्रिया समेत अघि बढाएको छ।

जसपाका दुवै अध्यक्ष ठाकुर र यादवले संयुक्त विज्ञप्ति जारी गर्दै आफैँले नेतृत्व गर्न पाए सरकारमा जाने लगायतका ८ बुँदे विज्ञप्ति जारी गरेपनि ठाकुर पक्ष प्रधानमन्त्री ओलीसँग मिल्न गएपछि जसपा विभाजनको संघारमा पुगेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .