हालै प्यालेस्टाइन र इजरायलबीच युद्ध भड्किएको थियो। दुवै देशले एकअर्काको भूमीमा रकेट बमहरु प्रहार गरेका थिए।
शुक्रबार साउदीका राजा सलमानले प्यालेस्टाइनका राष्ट्रपति महमुद अब्बाससँग टेलिफोनमा कुराकानी गर्दै साउदी प्यालेस्टाइन र उसको संघर्षमा साथ रहने बताएको साउदीको समाचार संस्था एसपीएले जानकारी दिएको छ।
रिपोर्टअनुसार सलमानले साउदीका विदेशमन्त्री प्रिन्स फैसल बिन फहरानलाई अन्तर्राष्ट्रिय मञ्चमा प्यालेस्टाइनको स्थिती मजबुत बनाउन साउदीले काम गर्नुपर्ने निर्देशन दिएका थिए।
एसपीएमा लेखिएको छ,‘राजा सलमान प्यालेस्टाइनलाई यो विश्वास दिलाउन चाहन्छन् कि इजरायली आक्रमण रोक्न उनको सरकारले हर सम्भव प्रयास गर्नेछ।’
सलमानले इजरायली आक्रमणमा प्यालेस्टाइनमा महिला तथा बालबालिका मारिएकोमा इजरायलको निन्दासमेत गरेका छन्।
सो क्रममा उनले इजरायल र प्यालेस्टाइनबीच भएको युद्धविरामको घोषणाका स्वागत गरेका छन्।
सलमानले इजिप्टले गरेको प्रयासले युद्धविराम सम्भव भएको बताउँदै इजिप्टको प्रशंसा पनि गरेका छन्।

प्रतिक्रिया