राजनीति


विप्लव भन्छन् : संयुक्त सरकारमा सशर्त सहभागी हुन तयार छौं

विप्लव भन्छन् : संयुक्त सरकारमा सशर्त सहभागी हुन तयार छौं

नेपालखबर
जेठ ८, २०७८ शनिबार ७:४४,

भूमिगत राजनीति त्यागी केहि महिनापहिले खुला राजनीतिमा आएका नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का महासचिव नेत्रविक्रम चन्द विप्लवले आफ्नो पार्टी सशर्त सरकारमा सहभागी हुन तयार रहेको बताएका छन्।

उनले जनमतसङ्ग्रहका लागि राजनीतिक पार्र्टीहरु तयार हुने हो भने त्यसका लागि आफ्नो पार्टी संयुक्त सरकार बनाएर निकासका लागि सहकार्य गर्न तयार रहेको बताएका छन्।

‘राज्यको सङ्कटलाई उचित निकास दिन संसद्वादी पार्टी, नेता र सरकार असफल भएपछि यसको जिम्मा प्रत्यक्ष जनतालाई प्रदान गर्नुपर्छ, त्यो भनेको आजको विशिष्ट स्थितिमा वैज्ञानिक समाजवाद वा दलाल पुँजीवाद रोज्ने अधिकार जनमतसङ्ग्रहद्वारा जनतालाई प्रदान गर्नुपर्छ,’ विप्लवले शनिबार एक वक्तव्य जारी गर्दै भनेका छन्, ‘जनमतसङ्ग्रहका लागि राजनीतिक पार्र्टीहरु तयार हुने हो भने त्यसका लागि हाम्रो पार्टी संयुक्त सरकार बनाएर निकासका लागि सहकार्य गर्न तयार रहेको स्पष्ट गर्दछौँ।’

जनमतसङ्ग्रहको निकास कुनै पार्टीविशेषको विषय नभएर देश र जनताका लागि दीर्घ शान्ति, स्थिरता, स्वाधीनता एवम् समृद्धिसँग जोडिएको विषय नभएको उनको भनाइ छ।

‘यसका पक्षमा एकताबद्ध भएर उत्रिन सबै प्रगतिशील, देशभक्त, वामपन्थी, कम्युनिस्ट पार्टी, सहिद तथा बेपत्ता योद्धा परिवार, घाइते योद्धा, मजदुर, किसान, महिला, दलित, जनजाति, युवा, विद्यार्थी, बुद्धिजीवी, शिक्षक, वकिल, पत्रकार साथै पार्र्टीका नेता–कार्यकर्तालाई विशेष अपिल गर्दछौँ,’ उनले भनेका छन्।

Biplav baktabya

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .