ad ad

राजनीति


संसद् विघटनविरुद्ध ५ दलको संयुक्त बैठक बस्दै

संसद् विघटनविरुद्ध ५ दलको संयुक्त बैठक बस्दै

नेपालखबर
जेठ ८, २०७८ शनिबार ३:२०,

प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति विद्यादेवी भण्डारी मिलेर फेरि प्रतिनिधि सभा विघटन गरेपछि यसविरुद्ध रणनीति बनाउन आज (शनिबार ) प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसहित ५ विपक्षी दलको संयुक्त बैठक बस्ने भएको छ।

अहिले बिहान ११ बजे बानेश्वरस्थित संसद् भवनमै कांग्रेस, माओवादी केन्द्र, एमालेको असन्तुष्ट नेता माधवकुमार नेपाल पक्ष, जनता समाजवादी पार्टीको उपेन्द्र यादव–बाबुराम भट्टराई पक्ष र राष्ट्रिय जनमोर्चाको संयुक्त बैठक बस्ने लागेको हो।

बैठकमा प्रधानमन्त्री र राष्ट्रपतिको कदमविरुद्ध राजनीतिक र कानुनी दुवै रूपमा अगाडि बढ्ने विषयमा छलफल हुने एक नेताले जानकारी दिए।]

यो पनि : अन्ततः ओलीले यसरी दोहोर्‍याए पुस ५

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .