ad ad

राजनीति


फेरि प्रतिनिधि सभा विघटन गरेपछि राष्ट्रपति र प्रधानमन्त्रीलाई कांग्रेस प्रवक्ताको कडा चेतावनी

फेरि प्रतिनिधि सभा विघटन गरेपछि राष्ट्रपति र प्रधानमन्त्रीलाई कांग्रेस प्रवक्ताको कडा चेतावनी

नेपालखबर
जेठ ८, २०७८ शनिबार ०:३९,

फेरि प्रतिनिधि सभा विघटन गर्दै मध्यावधि चुनाव घोषणा गरिएकामा राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले कडा चेतानवी दिएका छन्।

प्रधानमन्त्री ओलीको सिफारिसमा राष्ट्रपति भण्डारीले शुक्रबार मध्यराति संसद् भंग गर्दै कात्तिक २६ र मंसिर ३ गतेका लागि मध्यावधि चुनाव घोषणा गरेकी हुन्। त्यसअघि राष्ट्रपति भण्डारीले प्रधानमन्त्रीका लागि कांग्रेस सभापति शेरबहादुर देउवा र केपी शर्मा ओली दुवैको दाबी नपुगेको निर्णय गरेकी थिइन् ।

‘अहंकारको वृक्षमा विनासको फल लाग्छ, सिंगो महाभारतको संक्षिप्त सार यत्ति हो,’ प्रवक्ता शर्माले चेतावनी दिँदै भनेका छन्, ‘बुझिराख्नु राष्ट्रपति महोदया र कमरेड प्रधानमन्त्रीजी, महाव्याधिका बेला मध्यावधिको रंगीन सपना महँगो पर्नेछ! संविधानको सामूहिक बलात्कारको दुष्रिणाम महँगो पर्नेछ!’

यो कदमलाई कांग्रेस प्रवक्ता शर्माले अर्काे कोतपर्वको संज्ञा दिएका छन्।

‘महामारीमा मृत्युसँग जुधिरहेका जनतालाई निर्मम उपहार मध्यावधि! इतिहासको भिन्न कोतपर्वपछि प्रधानमन्त्री अधिनायकवादको हाइवेको भ्रममा,’ उनले अगाडि भनेका छन्, ‘तर हेक्का रहोस्, जनता पछि होइन अघि हुनेछन्, हामी अघि हुनेछौं, जित जनताको हुनेछ, लोकतन्त्रको हुनेछ र संविधानलाई पुनर्जीवन दिइनेछ।’

यसअघि गत पुस ५ गते पनि उनीहरूले प्रतिनिधि सभा विघटन गर्दै मध्यावधि चुनाव घोषणा गरेका थिए। तर त्यसविरुद्ध मुद्दा परेपछि सर्वाेच्च अदालतले विघटन निर्णय असंवैधानिक ठहर गर्दै गत फागुन ११ गते संसद् पुनःस्थापनाको फैसला गरेको थियो।

यी पनि : 

राष्ट्रपतिद्वारा मध्यरातमा प्रतिनिधिसभा भंग, मध्यावधि चुनाव घोषणा

राष्ट्रपतिको निर्णयः प्रधानमन्त्री बन्न देउवा र ओली दुवैको दाबी पुगेन

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .