ad ad

राजनीति


राष्ट्रपतिसमक्ष परेका दुवै दाबी जाली र किर्ते हुन्, विश्वासको मत पाउने आधार छैन : कमल थापा

राष्ट्रपतिसमक्ष परेका दुवै दाबी जाली र किर्ते हुन्, विश्वासको मत पाउने आधार छैन : कमल थापा

नेपालखबर
जेठ ७, २०७८ शुक्रबार १२:१३,

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले राष्ट्रपति विद्यादेवी भण्डारीलाई आज दलहरुमार्फत परेका सरकार बनाउने दाबी खारेज गर्न माग गरेका छन्।

सामाजिक सञ्जाल फेसबुकमार्फत अध्यक्ष थापाले प्रधानमन्त्री केपी शर्मा ओली र माओवादी, कांग्रेस र एमालेको एकपक्षीय नेताहरुको तर्फबाट परेको नयाँ सरकारको दाबी अस्वीकार गर्न आग्रह गरेका हुन्।

उनले दुवै दाबीलाई जाली र किर्ते भन्दै तत्काल खारेज गरी चुनाव घोषणा गर्न माग गरेका छन्।

संघीय गणतन्त्रलाई नेताहरुले गाईजात्रामा परिणत गरेको उनको दाबी छ।

राष्ट्रपतिलाई चेताउँदै उनले भनेका छन्, ‘अब जनतालाई विकल्प खोज्ने अवसर दिनुपर्छ।’

माधव नेपालपक्षका नेतासहित कांग्रेस र माओवादीले १४९ सांसदको हस्ताक्षरसहित सरकार बनाउने दाबी पेस गरेका छन् भने यता प्रधानमन्त्री ओलीले १५३ सांसद आफ्नो पक्षमा रहेको दाबी परेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .