ad ad

राजनीति


एमाले नेत्री नविना लामाको दाबीः सुरेन्द्र पाण्डे, योगेश भट्टराई र गोकर्ण विष्ट विपक्षी गठबन्धनमा छैनन्

एमाले नेत्री नविना लामाको दाबीः सुरेन्द्र पाण्डे, योगेश भट्टराई र गोकर्ण विष्ट विपक्षी गठबन्धनमा छैनन्

नेपालखबर
जेठ ७, २०७८ शुक्रबार १२:३,

सांसदसमेत रहेकी नेकपा एमालेकी नेतृ नविना लामाले वरिष्ठ नेता नेपाल पक्षका तीन सांसद अहिले दाबी गरिएको विपक्षी गठबन्धन सरकारका पक्षमा नरहेको दाबी गरेकी छन्।

एमालेकै नेपाल पक्षका सांसदको समेत हस्ताक्षर लिएर प्रधानमन्त्री पद दाबी गर्न कांग्रेसका सभापति शेरबहादुर देउवा शुक्रबार दिउँसो राष्ट्रपति कार्यालय पुगेको खबर आइरहेका बेला नेत्री लामाले पाण्डे, भट्टराई र विष्ट त्यसमा सामेल नरहेको दाबी गरेकी हुन्।

‘क. कमरेड सुरेन्द्र पाण्डे, योगेश दाइ र गोकर्ण दाइक़ो असहमति विपक्षीलाई प्रधानमन्त्री बनाउन, आफूहरूले हस्ताक्षर नगरिएको जानकारी अउँदा साह्रै खुसी लाग्यो,’ नेतृ लामाले शुक्रबार अपराह्न सामाजिक सञ्जालमा लेखेकी छन्, ‘तपाईंहरू महान् हुनुहुन्छ। हामी सधैं साथमै छौं। तपाईंहरू भोलिको क. केपी ओली हो, लामो भविष्य छ, त्यसैले यो संकटको बेला पार्टी एकता जोगाऔं।’

nabinatwitte

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .