राजनीति


ओलीको आह्वान : आफ्नै नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार

ओलीको आह्वान : आफ्नै नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार

नेपालखबर
जेठ ७, २०७८ शुक्रबार ७:५३,

प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नै नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार बनाउन आह्वान गरेका छन्।

शुक्रबार आकस्मिक पत्रकार सम्मेलन गर्दै प्रधानमन्त्री ओलीले आफूले सबैलाई समेटेर अगाडि बढ्ने बताएका हुन्।

‘तपाईंहरु सरकार बनाउनुस्, हामी प्रतिपक्षमा बसेर शान्त संयमित भएर सहयोगी भूमिकाका साथ प्रस्तुत हुनेछौँ। होइन राष्ट्रिय सहमतिको सरकार बनाऔँ, आउनुस् मेरो नेतृत्वमा राष्ट्रिय सहमतीको सरकार बनाऔँ’, ओलीले भने, ‘मैले सबैलाई समेटेर साझा समस्याका विरुद्ध लड्नका निम्ति भूमिका खेल्नेछु।’

राष्ट्रिय राजनीतिलाई विभाजनको बाटोमा लैजाने प्रयास नगर्न ओलीले आग्रह गरे।

‘यदि तपाईंहरुको कुनै उपयुक्त विकल्प छ भने त्यो पनि प्रस्तुत गर्नुस्, म त्यसमा पनि खुल्ला छु। उपयुक्त विकल्प यो हो, यसमा संयुक्त रुपमा जाऔँ भन्नुस् तर राजनीतिलाई तनाव र घृणातिर लैजाने प्रयास नगर्नुस्’, ओलीले भने।

ओलीले विश्वासको मत नलिने निर्णय गरेपछि राष्ट्रपतिले आज साँझसम्म वैकल्पिक सरकार गठनका लागि समय दिएकी छिन्।

दलहरु वैकल्पिक सरकार गठनका लागि कसरत गरिरहेका छन्।

यो पनि –
मेरै पार्टीबाट असहयोग भएकोले विश्वासको मत लिन असफल भएँ : ओली
प्रधानमन्त्रीको आकस्मिक पत्रकार सम्मेलनः विश्वासको मत लिने समय नै थिएन

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .