राजनीति


संसद विघटन गर्ने नियत देखियो : संविधानविद् आचार्य

संसद विघटन गर्ने नियत देखियो : संविधानविद् आचार्य

नेपालखबर
जेठ ६, २०७८ बिहिबार १५:१५,

संविधानविद् भीमार्जुन आचार्यले विश्वासको मत लिने प्रक्रिया प्रारम्भ हुनु पूर्व नयाँ सरकार गठनको आब्हान् गर्न सक्ने संवैधानिक ब्यवस्था नभएको बताएका छन्।

राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ सरकार गठन गर्न दलहरुलाई २१ घण्टाको समय दिएर आह्वान गरेपछि आचार्यले यस्तो प्रतिक्रिया दिएका हुन्।

बिहीबार साँझ एक विज्ञप्ति जारी गर्दै राष्ट्रपति विद्या भण्डारीले संविधानको धारा ७६ (५) को नयाँ सरकार गठनको लागि आह्वान गरेकी थिइन्।
राजीनामा वा विश्वासको मतबाट प्रधानमन्त्री पदमुक्त नभएसम्म अर्को सरकार गठनको सिफारिश हुन नसक्ने उनले बताएका छन्।

नियत नै ७६.३ को प्रधानमन्त्रीले संसद् विघटन गर्न खोजेको जस्तो देखिएको उनले बताएका छन्।

 विश्वासको मत लिने प्रक्रिया प्रारम्भ हुनु पूर्व नयाँ सरकार गठनको आब्हान् गर्न सक्ने संवैधानिक ब्यवस्था छैन। राजीनामा वा विश्वासको मतबाट प्रधानमन्त्री पदमुक्त नभए सम्म अर्को सरकार गठनको सिफारिश हुन सक्दैन। नियत नै ७६.३ को प्रधानमन्त्रीले संसद् विघटन गर्न खोजेको जस्तो देखियो।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad