राजनीति


अहंकार उस्तै छ, अन्यायविरुद्ध विद्रोह निश्चित छ: रामकुमारी झाँक्री

अहंकार उस्तै छ, अन्यायविरुद्ध विद्रोह निश्चित छ: रामकुमारी झाँक्री

नेपालखबर
जेठ ६, २०७८ बिहिबार १५:१४,

एमाले नेतृ रामकुमारी झाँक्रीले प्रधानमन्त्री केपी शर्मा ओलीमा उस्तै अहंकार रहेको आरोप लगाउँदै विद्रोह जारी रहने चेतावनी दिएकी छन्।

बिहीबार राति सामाजिक सामाजिक सञ्जालमार्फत उनले प्रधानमन्त्री ओलीको नाम नलिईकन पार्टीभित्रको परिस्थितिमा कुनै परिवर्तन नआएको भन्दै अन्यायविरुद्ध विरोध जारी रहने चेतावनी दिएकी हुन्।

‘संसद सदस्यबाट नै राजीनामा गर्न तयार हामीहरूलाई राष्ट्रिय सभामा कसलाई भोट हाल्ने? यो प्रश्न हाम्रो लागि मामुली प्रश्न हो,’ उनले लेखेकी छन्, ‘तर अहिले पार्टीभित्रै एउटा स्पेसका लागि संघर्षरत अवस्थामा छौं। पार्टी भित्रको परिस्थितिमा कुनै बदलाव आएको छैन। अहंकार उस्तै छ। अन्यायको विरुद्ध विद्रोह निश्चित छ।’

एमालेका अध्यक्ष ओली र असन्तुष्ट वरिष्ठ नेता माधव नेपाल पक्षबीच पार्टीमा एकता कायम गर्ने भनी कार्यदलसमेत बनेर वार्ता जारी रहेका बेला नेपाल पक्षकी नेत्री झाँक्रीबाट विद्रोही अभिव्यक्ति आएको हो।

उसो त आज बागमती प्रदेशमा सम्पन्न राष्ट्रिय सभा सदस्यको उपचुनावमा एमालेका उम्मेदवार रामबहादुर थापा बादललाई एमालेकै नेपाल पक्षका डा. खिमलाल देवकोटाले पराजित गरेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad