राजनीति


एकैसाथ गृहमन्त्री पद गुमाएका तथा उपचुनाव हारेका बादललाई शंकर पोखरेलको सान्त्वना कि व्यंग्य?

एकैसाथ गृहमन्त्री पद गुमाएका तथा उपचुनाव हारेका बादललाई शंकर पोखरेलको सान्त्वना कि व्यंग्य?

नेपालखबर
जेठ ६, २०७८ बिहिबार १४:५६,

आज एकैसाथ गृहमन्त्री पदबाट बर्खास्त तथा बागमती प्रदेशमा सम्पन्न राष्ट्रिय सभा सदस्य उपचुनावमा हारेपछि रामबहादुर थापा बादललाई एमाले नेता शंकर पोखरेलले सान्त्वना दिएका छन्।

बिहीबार राति सामाजिक सञ्जालमार्फत लुम्बिनी प्रदेशका मुख्यमन्त्रीसमेत रहेका उनले बादल अवसरका लागि होइन, वाम आन्दोलन बलियो बनाउन एमालेमा आएको दाबी गरेका हुन्।

‘कमरेड बादल अवसरका लागि होइन, वाम आन्दोलनलाई बलियो बनाउने संकल्प बोकेर एमालेमा जोडिनु भएको हो भन्ने कुरा अब सबैले बुझ्न पाउनेछन्,’ पोखरेलले लेखेका छन्।

माओवादी केन्द्र त्यागेर एमाले बनेका कारण दल त्यागको कारबाहीमा परेपछि राष्ट्रिय सदस्य पद गुमाएका बादल सोही पदका लागि बागमती प्रदेशमा आज भएको उपचुनावमा उम्मेदवार बनेका थिए।

तर नेपाली कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टीको विपक्षी गठबन्धनको समर्थनमा एमालेकै माधव नेपाल पक्षका नेता डा. खिमलाल देवकोटासँग उनी पराजित भएका छन्। साथै आजै सर्वाेच्च अदालतले उनीसहित ७ मन्त्रीको नियुक्ति पनि बदर गरेको हो।

सांसद पदमा नरहेका उनीहरूलाई प्रधानमन्त्री ओलीले पुनः मन्त्री पदमा नियुक्ति दिनु असंवैधानिक भन्दै दायर रिटमा सर्वाेच्च अदालतले निवेदककै पक्षमा फैसला गरेपछि उनीहरूको पद गुमेको हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad