राजनीति


चीनको ‘गैरकानूनी दाबी’लाई चुनौती दिन भन्दै अमेरिकी युद्धक जहाज तैरियो दक्षिण चीन सागरमा

चीनको ‘गैरकानूनी दाबी’लाई चुनौती दिन भन्दै अमेरिकी युद्धक जहाज तैरियो दक्षिण चीन सागरमा

नेपालखबर
जेठ ६, २०७८ बिहिबार १३:२४,

बुधबार चीन र ताइवानको समुद्री सीमा ताइवान स्ट्रेटमा पनि सोही युद्धक पानीजहाज तैरिएको थियो।

पारासेल टापुलाई चीनले चार दशकयता आफ्नो भएको दाबी गर्दै आएको छ। यो टापुलाई ताइवान र भियतनामले पनि आफ्नो भएको बताउँदै आएका छन्।

पुरै दक्षिण चीन सागरको ९० प्रतिशत पानीमा आफ्नो अधिकार भएको बताउने चीनलाई दक्षिण चीन सागरको पारासेल टापु र ताइवान स्ट्रेटमा अमेरिकी नौसेनाको अर्लि बुर्क–क्लास गाइडेड–मिसाइल डिस्ट्रोयर जहाज यूएसस कुर्टिस विल्बर तैरिएपछि ठूलो झट्का लागेको छ।

यस घटनासँगै अमेरिकी नौसेनाको सेभेन्थ फ्लिटले बेइजिङ, ताइवान र भियतनामले दाबी गर्ने पारासेल टापु हुँदै अमेरिकी जहाज तैरिएको पुष्टि गरेको छ।

उसले भनेको छ,‘दक्षिण चीन सागरमा गैरकानूनी र व्यापक समुद्री दावीले समुद्री स्वतन्त्रता साथै स्वतन्त्र व्यापार लगायतका विषयमा गम्भीर खतरा निम्त्याएको छ।’

सन् २०१६ मा अन्तर्राष्ट्रय अदालतले दक्षिण चीन सागरमा चीनको दाबी अस्वीकार गरेको थियो। अमेरिकी नौसेनाले पारासेल टापुमा बेइजिङ, ताइवान र भियतनामकै दाबी अवैधानिक भनेको हो।

पछिल्लो समय अमेरिकाले खुला इन्डो–प्यासिफिक क्षेत्रको वकालत गर्दै आएको छ। अमेरिकालाई क्वाडमा आवद्ध अन्य राष्ट्र जापान, अस्ट्रेलिया र भारतले पनि साथ दिएका छन्।

यसअघि जापान र अस्ट्रेलियाले पनि दक्षिण चीन सागरमा चिनियाँ दाबी अवैधानिक भएको औपचारिक रुपमा बताएका थिए।

चीनको साउथर्न थिएटर कमान्डले भने दक्षिण चीन सागरमा अमेरिकी पानीजहाज तैरिनुलाई अवैधानिक कार्य बताउँदै उक्त कार्यले अन्तर्राष्ट्रिय सम्बन्धका नियम र कानूनहरु तोडेको आरोप लगाएको छ।

आफ्नो सार्वभौमिकतामाथिको प्रहार भएको बताउँदै चीनले पहिल्यैबाट अमेरिकाविरुद्ध आवश्यक कदम चाल्ने बताउँदै आएको छ।

अमेरिका लगायत दक्षिण चीन सागरमा हस्तक्षेप गर्न खोज्ने राष्ट्रलाई चेतावनी दिन चीनले त्यस समुद्री क्षेत्रमा महिनौं लामो युद्ध अभ्यास गर्ने गरेको छ।

हाल दक्षिण चीन सागरकै विषयमा चीन र फिलिपिन्स पनि विवाद निम्तिएको छ। चीनको चेतावनी बाबजुद दक्षिण चीन सागर दाबी गर्ने फिलिपिन्सले केही क्षेत्रबाट आफ्नो सेना पछाडि हटाउन मानिरहेको छैन। एससीएमपी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad