राजनीति


नेता नेपालले गृहमन्त्री थापालाई भने– चुनावमा सहयोग गर्न सक्ने स्थिति छैन

नेता नेपालले गृहमन्त्री थापालाई भने– चुनावमा सहयोग गर्न सक्ने स्थिति छैन

नेपालखबर
जेठ ४, २०७८ मंगलबार १४:१०,

नेकपा–एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले राष्ट्रिय सभा निर्वाचनमा एमाले उम्मेदवार रामबहादुर थापालाई सहयोग गर्न नसकिने बताएका छन्।

निर्वाचनमा सहयोग माग्न मंगलबार कोटेश्वरस्थित नेपाल निवास पुगेका थापालाई नेता नेपालले आफू अहिले सहयोग गर्न नसक्ने अवस्थामा रहेको बताएका हुन्।

नेता नेपालले यसअघिको फरक परिस्थितिमा अन्य दलहरुलाई समेत सहमति गराई डा. खिमलाल देवकोटालाई आफ्नै पहलमा अघि सारेको हुँदा अब अहिले अन्यथा निर्णय गर्न नसक्ने जवाफ दिएका थिए।

‘त्यसपछि थापाले त्यसो भए मतदाताहरुलाई स्वविवेक प्रयोग गर्न भनौं भन्ने प्रस्ताव गर्नुभएको हो,’ नेपालका स्वकीय सचिव मोहन गौतमले बताएका छन्, ‘मतदाताले स्वविवेक प्रयोग गर्ने कुरामा सहमति छ।’

राष्ट्रिय सभाको वागमतीबाट रिक्त पदमा एमालेले थापालाई उम्मेदवार बनाएको छ।

माओवादीबाट राष्ट्रिय सभामा निर्वाचित थापा एमाले प्रवेश गरेपछि दलत्याग ऐनअनुसार उनको पद रिक्त भएको हो।

केहि दिनपहिले पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीसँग सहमति हुनुअघि एमालेको असन्तुष्ट पक्षलाई नेतृत्व गरिरहेका नेता नेपालले यसअघि राष्ट्रिय सभा निर्वाचनमा संघीयताविद् देवकोटालाई अघि सारेका थिए।

नेता नेपालले नेपाली कांग्रेस र माओवादी समेतलाई सहमत गराएर उनलाई विपक्षी तीन पक्षको साझा उम्मेदवारका रुपमा अघि बढाएका थिए।

यो पनिः 
राष्ट्रिय सभा चुनावमा साथ खोज्दै नेपाल निवास पुगे गृहमन्त्री थापा

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .