राजनीति


एमाले कार्यदलको पहिलो बैठक आज सिंहदरबारमा

एमाले कार्यदलको पहिलो बैठक आज सिंहदरबारमा

नेपालखबर
जेठ ४, २०७८ मंगलबार ७:६,

नेकपा–एमालेको विवाद समाधानका लागि गठन गरिएको कार्यदलको पहिलो बैठक आज बस्ने भएको छ।

सो बैठक अहिले अपरान्ह ३ बजे सिंहदरबारमा बस्न लागेको एमाले स्थायी समिति सदस्य रघुजी पन्तले नेपालखबरलाई बताए।

आइतबार गठन भएको सो बैठकले तत्काल काम थाल्ने भनिए पनि दुई दिनको अलमलपछि बैठक बस्न लागेको हो।

एमालेको विवादलाई माओवादी केन्द्रसँग पार्टी एकता हुनुअघि अर्थात् २०७५ जेठ २ गतेको अवस्थाबाट पार्टी संरचना ब्युँताउन पार्टी अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच सहमति भएपछि त्यसकै आधारमा थप ‘वर्क आउट’ गर्नका लागि १० सदस्यीय कार्यदल गठन गरिएको हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad