ad ad

राजनीति


नेकपा भंगप्रति दुःखमनाउ गर्दै प्रधानमन्त्रीले दिए मदन–आश्रितलाई श्रद्धाञ्जली

नेकपा भंगप्रति दुःखमनाउ गर्दै प्रधानमन्त्रीले दिए मदन–आश्रितलाई श्रद्धाञ्जली

नेपालखबर
जेठ ३, २०७८ सोमबार ३:११,

नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले कम्युनिस्ट नेताहरू मदन भण्डारी र जीवराज आश्रितप्रति श्रद्धाञ्जली अर्पण गरेका छन्।

२८औं मदन–आश्रित स्मृति दिवसका अवसरमा आज (जेठ ३) बिहान विज्ञप्ति जारी गरी प्रधानमन्त्री ओलीले नेपाली राजनीति तथा कम्युनिस्ट आन्दोलनमा उनीहरूको योगदानको स्मरण गरेका हुन्।

यस क्रममा उनले नेपाली कम्युनिस्ट आन्दोलनलाई एकीकृत गर्न नेकपा एमाले र माओवादी केन्द्र मिलाएर नेकपा बनाइए पनि त्यो सफल हुन नसकेकामा दुःखमनाउन गरेका छन्।

नेकपालाई नेपाल र नेपालीको ‘च्याम्पियन’ पार्टी बनाउने आफ्नो आकांक्षा भए पनि कतिपय नेताको विभाजनकारी र अवसरवादी सोचले गर्दा नेकपा भंग हुन पुगको आरोप प्रधानमन्त्री ओलीले लगाएका छन्।

‘तीन वर्षअगाडि आजैका दिन हामीले नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) बीचमा पार्टी एकीकरण गरेका थियौं। यो विभाजित कम्युनिस्ट आन्दोलनलाई एकीकृत गर्ने, राष्ट्रियता, सामाजिक–आर्थिक रूपान्तरण र समाजवाद निर्माणको मुख्य संवाहकका रूपमा नेपाल कम्युनिस्ट पार्टीलाई स्थापित गर्ने र यसलाई समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकांक्षाको ‘च्याम्पियन’ बनाउने हाम्रो इमान्दार प्रयास थियो,’ एमाले अध्यक्ष एवं प्रधानमन्त्री ओलीद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘तर कतिपय नेताहरूका विभाजनकारी, अस्थिर र अवसरवादी सोच तथा क्रियाकलापका कारण एकीकरणको अभियान निष्कर्षमा पुग्न सकेन।’

madan1

madan2

madan3

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .