इजरेलको आक्रमणबाट गाजास्थित ठूलो व्यापारिक भवन ध्वस्त भएपछि अमेरिकाले उसलाई पत्रकारको सुरक्षा सुनिश्चित गर्न चेतावनी दिएको छ।
ह्वाइट हाउस (अमेरिकी राष्ट्रपति कार्यालय) की प्रवक्ता जेन साकीले ट्विट गर्दै भनेकी छन्, ‘हामीले इजरेललाई प्रस्टसँग भनेका छौं– सबै पत्रकार र स्वतन्त्र सञ्चारकर्मीको सुरक्षा ग्यारेन्टी गर्नु उसको ठूलो जिम्मेवारी हो।’
— Jen Psaki (@PressSec) May 15, 2021We have communicated directly to the Israelis that ensuring the safety and security of journalists and independent media is a paramount responsibility.
शनिबार इजरेलको हवाई हमलाका कारण गाजास्थित एउटा व्यापारिक भवन ध्वस्त भएको थियो। जसमा धेरै विदेशी समाचार च्यानलका कार्यालय थिए।
बीबीसीका अनुसार अहिलेसम्म यस आक्रमणमा भएको हताहतीबारे कुनै जानकारी प्राप्त भइसकेको छैन।
यस विषयमा अल जजिराका कार्यवाहक महानिर्देशक डा. मुस्तफा स्वेगले भनेका छन्, ‘गाजास्थित अल–जाला टावरमा हमला भएको छ, जसमा अल जजिरा र अन्य सञ्चार संस्थाका कार्यालय थिए। यो मानव अधिकारको उल्लंघन हो र अन्तर्राष्ट्रिय दृष्टिले यो युद्ध अपराध मानिन्छ।’
पत्रकार एवं सञ्चार संस्थालाई निशाना बनाएर गरिएको यस बर्बर आक्रमणको कडा शब्दमा विरोध गर्न र यसमा इजरेल दोषी रहेको प्रमाणित गर्न कदम चाल्न उनले अन्तर्राष्ट्रिय समुदायसँग अपिलसमेत गरेका छन्।
— Al Jazeera English (@AJEnglish) May 15, 2021The Associated Press president and CEO, Gary Pruitt, said he is “shocked and horrified” by “incredibly disturbing” Israeli attack on the al-Jalaa building.
The tower was home to AP’s bureau and other news organisations in Gaza.
🔴 LIVE updates: https://t.co/RvtP1lEX1x pic.twitter.com/471CN3Irvo

प्रतिक्रिया