राजनीति


जसपा विवाद : महन्थ पक्षलाई कारबाहीको तयारी

जसपा विवाद : महन्थ पक्षलाई कारबाहीको तयारी

नेपालखबर
जेठ १, २०७८ शनिबार १२:५४,

जनता समाजवादी पार्टी (जसपा) को केन्द्रीय कार्यकारिणी बैठकले अध्यक्ष महन्थ ठाकुर पक्षलाई पार्टीको विधान विपरित गएको भन्दै कारवाहीको चेतावनी दिएको छ।

आज बसेको जसपा उपेन्द्र-बाबुराम पक्षको बैठकले ठाकुरलाई पार्टीको बैठकको सामना गर्न आग्रहसमेत गरेको छ।

'उहाँहरुलाई पार्टीको बैठकमा आएर आफ्ना कुरा राख्न भनेका छौं', जसपा नेता इस्तियाक राईले नेपालखबरसँग भने, 'दुवै पक्षले आफ्ना कुरा राखौं निर्णय गरौं भन्ने भएको छ।'

पार्टीको एउटै धार हुने दुई धार नहुने उनले बताए। 'दुई धार बनाउन खोज्ने हो भने बहुमतले निर्णय लिन्छ' उनले भने।

महन्थ पक्ष विधान विपरित भएको भन्दै जसपाले उनीहरुबारे निर्णय लिन केन्द्रीय समितिको बैठक बोलाउने तयारीसमेत गरेको छ।

भर्चुअलरुपमा भए पनि बैठक बोलाउने तयारी थालिएको उनले बताए।

शुक्रबार महन्थ पक्षले अध्यक्ष उपेन्द्र यादव र बाबुराम भट्टराईलाई थाहै नदिइ राजेन्द्र महतोलाई संसदीय दलको नेता चयन गरेको दावी गरेको थियो।
दलको विधान नै नबनेको अवस्थामा दलको नेता चयन हुन नसक्ने राईले बताए।

आज बोलाइएको बैठकबारे महन्थ पक्षले विज्ञप्ति नै जारी गरेर आपत्ति जनाएको थियो। जारी विज्ञप्तिमा जसपाको कुनै वैठक नबोलाइएको बताइएको थियो।

प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत दिने विषयमा जसपाभित्र दुई धार देखिएको थियो।

महन्थ पक्ष का १५ जनाले ओलीलाई विश्वासको मत दिएका थिए भने अन्य सांसद त्यसको विपक्षमा उभिएका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad