राजनीति


ओलीसँगको भेटवार्तापछि यसो भने नेता नेपालले

ओलीसँगको भेटवार्तापछि यसो भने नेता नेपालले

नेपालखबर
बैशाख ३०, २०७८ बिहिबार १३:६,

नेकपा एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच भेटवार्ता भएको छ।

आज बिहीबार बूढानीलकण्ठस्थित एक व्यवसायीको घरमा भएको सो कुराकानीमा दुई नेताबीच आपसी सहमति जुटेको छ।

बैठकबाट बाहिरिँदै गर्दा नेता नेपालले केपी ओलीसँग भएको सहमतिबारे सञ्चारकर्मीलाई सहमतिबारे जानकारी गराएका थिए।

नेता नेपालको भनाइ उनकै शब्दमाः

हामीहरु दुईजनाको बीचमा पार्टीभित्रका समस्याबारे घनिभूत कुराकानी भयो।

मैले ९ बुँदे प्रस्ताव केपी ओलीलाई पठाएको थिएँ त्यसमा छलफल भयो। छलफल गरिसकेपछि फागुन २८ गते र त्यसपछिका निर्णय फिर्ता गर्ने र सर्वोच्चको फैसलाबमोजिम जेठ २ गतेको अवस्थामा पु¥याउने। त्यसपछि पार्टीलाई नयाँ ढंगले अगाडि बढाउनका लागि हामीले कुन तरिका अवलम्बन गर्ने हो भन्ने बारेमा छलफल जारी राख्ने।

अब विभिन्न तहमा कुरा अगाडि बढ्छ।

जेठ २ मा फर्किने कुरामा पोजिटिभ सोचेर कुराकानी अगाडि बढ्ने छ।

मिल्ने दिशामा अगाडि बढ्न खोजेका छौं। आज राजीनामा दिने कुरा थियो। आज भएन। २-४ दिन टर्‍यो। अरु के के मा के के गर्ने भन्ने कुरा सहमतिका आधारमा टुंगो लाग्छ।

यो पनिः 
माधव नेपाल भन्छन्– राजीनामा टर्‍यो

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad