ad ad

राजनीति


राष्ट्रिय जनमोर्चाका खिमविक्रम शाहीले पनि भने– म गठबन्धनमा छैन

राष्ट्रिय जनमोर्चाका खिमविक्रम शाहीले पनि भने– म गठबन्धनमा छैन

नेपालखबर
बैशाख २९, २०७८ बुधबार ११:२९,

राष्ट्रिय जनमोर्चाका गण्डकी प्रदेश सांसद खिमविक्रम शाहीले आफू नयाँ सरकार बनाउने पक्षमा नरहेको स्पष्ट पारेका छन्।

बुधबार साँझ विज्ञप्ति निकालेर उनले नेपाली कांग्रेससहितको गठबन्धनमा आफ्नो समेत हस्ताक्षर रहेको समाचार आएको भन्दै त्यसमा संलग्नता नभएको दाबी गरेका हुन्।

उनले आफू कुनैपनि गठबन्धनमा नभएको र यो मामिलामा तटस्थ रहेको जानकारी गराएका छन्।

‘कांग्रेस नेतृत्वको गठबन्धनमा मेरो सहभागिता र संलग्नता नरहेको सबैलाई जाानकारी गराउन चाहन्छु,’ शाहीले विज्ञप्तीमा भनेका छन्, ‘म कुनैपनि गठबन्धनमा नभएको तटस्थ रहेको जानकारी गराउन चाहन्छु।’

गण्डकी प्रदेशमा राष्ट्रिय जनमोर्चाका ३ सांसदमध्ये अर्का सांसद कृष्ण थापाले पनि आफू सो गठबन्धनमा नरहेको, यस विषयमा आफू तटस्थ रहेको र आफूलाई संसदीय दलको नेताबाट हटाउने निर्णय अवैधानिक रहेको दाबी गर्दै वक्तव्य जारी गरेका छन्।

बुधबार दिउँसो गण्डकी प्रदेश नेपाली कांग्रेसका संसदीय दलका नेता कृष्णचन्द्र पोखरेललाई मुख्यमन्त्री प्रस्ताव गर्दै सो प्रदेशमा रहेका कांग्रेस, माओवादी केन्द्र, राष्ट्रिय जनमोर्चा, जनता समाजवादी पार्टी (जसपा) सहितका चार दलले प्रदेश प्रमुख सीता पौडेललसमक्ष बहुमतको सरकार बनाउन दाबी पेस गरेका छन्।

सो प्रस्ताव प्रदेश प्रमुख कार्यालयमा दर्ता भइसकेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .