राजनीति


कर्णाली प्रदेशमा सरकार पुनर्गठन, शर्मा र विष्टलाई थपेर भण्डारी र केसी हटाइए

कर्णाली प्रदेशमा सरकार पुनर्गठन, शर्मा र विष्टलाई थपेर भण्डारी र केसी हटाइए

नेपालखबर
बैशाख २९, २०७८ बुधबार ८:३६,

कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले मन्त्रिमण्डल पुनर्गठन गरेका छन्।

उनले बुधबार दुई मन्त्रालयमा नयाँलाई अवसर दिँदै मन्त्रिपरिषद् पुनर्गठन गरेका हुन्।

जसअनुसार रुकुमका सांसद गोपाल शर्मालाई आर्थिक मामिला मन्त्री बनाइएको छ भने विन्दमान विष्टलाई आन्तरिक मामिला मन्त्रीको जिम्मेवारी दिइएको छ।

यसअघि आर्थिक मामिला मन्त्रीमा नेकपा एमालेका प्रकाश ज्वाला थिए।

मुख्यमन्त्री शाहीले बैशाख ३ गते प्रदेश सभामा मागेको विश्वासको मतमा एमालेका ४ सांसदले ह्वीप उल्लंघन गरेर शाहीलाई जिताएका थिए।

पार्टी ह्वीप उल्लंघन गरेको भन्दै एमालेले ज्वालासहित ४ सांसदलाई कारबाही गरेको छ। त्यसयता सो मन्त्रालय रिक्त थियो।

त्यसैगरी, माओवादी केन्द्रबाटै जुम्लाका सांसद रहेका नरेश भण्डारीले सम्हालेको आन्तरिक मामिला मन्त्रालयमा माओवादी केन्द्रकै विन्दमान विष्टलाई जिम्मेवारी दिइएको छ। शर्मा र विष्टले आजै पद तथा गोपनीयताको शपथ लिँदैछन्।

आन्तरिक मामिला मन्त्री भण्डारी र भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री विमला केसीलाई शाहीले प्रदेश सरकारबाट हटाएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .