राजनीति


प्रधानमन्त्रीलाई प्रचण्डको चुनौती : मुलुकका लागि राष्ट्रिय समस्या तपाईं कि म आउनुस् बहस गरौं

प्रधानमन्त्रीलाई प्रचण्डको चुनौती : मुलुकका लागि राष्ट्रिय समस्या तपाईं कि म आउनुस् बहस गरौं

नेपालखबर
बैशाख २७, २०७८ सोमबार ९:३८,

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मुलुकका लागि राष्ट्रिय संकटको रुपमा आफू की प्रधानमन्त्री केपी शर्मा ओली को हो भनी बहस गर्न आफू तयार रहेको बताए।

प्रधानमन्त्री ओलीका कारण संविधान र पार्टीमाथि संकट सिर्जना गरेको प्रचण्डको भनाइ छ।

‘राष्ट्रिय समस्या म हो कि तपाई हो? बहस गरौं? म तपाईंसँग बहस गर्न चाहन्छु,’ प्रचण्डले संसदमा भने।

उनले पार्टीभित्र बहस गर्दा कुन कुरामा कहाँनेर आफूले व्यवधान गरेँ भनी उनले ओलीसँग प्रश्न गरे।

‘मैले व्यवधान गरेको तपाईसँग यसको आधिकारिक र प्रमाणिक जवाफ छ? तपाईंले वाम गठबन्धनलाई डे वानदेखि तुहाउन लाग्नु भयो भन्ने मेरो आरोप छ,’ उनले भने, ‘पार्टीभित्र विवाद, बहसलाई यो सम्मानित सदनलाई विघटन गरेर न्याय गरेको हो?’

पार्टीभित्र भएको बहसको रिस संसदमाथि पोखेर सारा मुलुकवासीलाई दुःख दिएको उनले बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad