ad ad

राजनीति


सामूहिक राजीनामा दिने तयारी गरेको माधव नेपाल पक्षका सांसद को को?

सामूहिक राजीनामा दिने तयारी गरेको माधव नेपाल पक्षका सांसद को को?

नेपालखबर
बैशाख २६, २०७८ आइतबार २:१०,

प्रधानमन्त्रीसमेत रहेका पार्टीका अध्यक्ष केपी शर्मा ओली पार्टी एकताका लागि सहमत नभएको भन्दै नेकपा एमालेको माधवकुमार नेपाल पक्षका सांसद अन्ततः सामूहिक राजीनामा दिने मनस्थितिमा पुगेका छन्।

त्यसका लागि आज दिउँसो स्थायी कमिटी बैठक बसेर अन्तिम निर्णय गरिने नेपाल पक्षका एक सांसदले नेपालखबरलाई जानकारी दिए। उनले बैठकको निश्चित समय भने तोकेनन्। दिउँसो मात्र भने।

‘आज दिउँसो हामी बैठक बस्छौं र सामूहिक राजीनामा ककसले दिने भन्ने विषयमा अन्तिम निर्णय गर्छाैं,’ आइतबार बिहान नेपालखबरसँग भने।

उनका अनुसार नेपाल पक्षमा २२ प्रत्यक्ष र १२ सामानुपातिक गरेर ३४ सांसद छन्।

ती यसप्रकार छन् :

प्रत्यक्ष निर्वाचित सांसद

१. झलनाथ खनाल

२. माधवकुमार नेपाल

३. भीम रावल

४. सुरेन्द्र पाण्डे

५. घनश्याम भुसाल

६. योगेश भट्टराई

७. गोकर्ण विष्ट

८. कृष्णलाल महर्जन

९. विरोध खतिवडा

१०. गणेश पहाडी

११. दीपकप्रसाद भट्ट

१२. भवानीप्रसाद खापुङ

१३. जयकुमार राई

१४. पवित्रा निरौला

१५. नारायण खतिवडा

१६. जीवनराम श्रेष्ठ

१७. हिराचन्द्र केसी

१८. सोमप्रसाद पाण्डे

१९. मेठमणि चौधरी

२०. झपट रावल

२१. यज्ञराज सुनुवार

२२. राजबहादुर बुढा

समानुपातिक सांसद

१. रामकुमारी झाँक्री

२. बिनादेवी बुढाथोकी मगर

३. मुकुन्द न्यौपाने

४. कल्याणीकुमारी खड्का

५. गंगा चौधरी सत्गौवा 

६. लक्ष्मीकुमारी चौधरी 

७. निरादेवी जैरु 

८. पुष्पाकुमारी कर्ण 

९. समिना हुसेन 

१०. कालिला खान 

११. सरलाकुमारी यादव 

यी सांसद नेपाल पक्षमा रहेको दाबी गरिएको छ। तर यीमध्ये कसकसले राजीनामा दिने भन्ने विषय टुंगो लाग्न बाँकी छ। आज बस्ने स्थायी कमिटीको बैठकले यसको टुंगो लगाउने ती सांसदले बताए।

याे पनि : सामूहिक राजीनामा दिने तयारीमा नेपाल पक्षका सांसद, प्रधानमन्त्री ओलीलाई २४ घण्टा समय

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .