राजनीति


अप्ठेरोमा परेका ओलीले आज माधव नेपाल भेट्दै

अप्ठेरोमा परेका ओलीले आज माधव नेपाल भेट्दै

नेपालखबर
बैशाख २४, २०७८ शुक्रबार ५:१२,

नेकपा माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि तथा आफैंले विश्वासको मत लिने घोषणा गरेपछि प्रधानमन्त्री केपी शर्मा ओली अप्ठेरोमा परेका छन्।

यसैकारण अहिले उनले विपक्षी तथा आफ्नै पार्टीका असन्तुष्ट पक्षका नेताहरूसँग भेटवार्ता गर्ने क्रमलाई तीव्रता दिएका छन्।

यसै क्रममा एमाले अध्यक्ष ओलीले आज आफ्नो पार्टीका वरिष्ठ नेता माधवकुमार नेपाललाई भेट्ने भएका छन्।

एक नेताका अनुसार दुई नेताबीच एमालेको नयाँ पार्टी कार्यालय (थापाथली) मा छलफल गर्ने तय भएको छ।

आजको छलफल ‘निर्णायक’ हुने दाबी ती नेताले गरेका छन्।

ओलीले बिहीबार राति पनि माधव नेपालसँग टेलिफोनमा कुरा गरेका थिए।

यसअघि ओलीले माओवादी केन्द्रले सरकारबाट समर्थन फिर्ता लिएकै दिन बुधबार प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई उनकै निवास (बूढानीलकण्ठ) पुगेर विश्वासको मत दिन आग्रह गरेका थिए। तर देउवाले सहयोग गर्न नसक्ने जवाफ दिएका थिए।

यही वैशाख २७ गते हुने प्रतिनिधि सभाको विशेष अधिवेशनमा प्रधानमन्त्री ओलीले विश्वासको मत माग्नेछन्।

संसदमा एमालेका १२१ सांसद भए पनि तीमध्ये माधव नेपाल समूहले कम्तीमा ३५ जना आफूनिकट रहेको दाबी गरेको छ। उनीहरूले फ्लोर क्रस गरेमा ओलीले बहुमत नपाउने निश्चित छ। यस्तै आफूले स्पष्टीकरण सोधेका नेपाल पक्षका २७ सांसदलाई कारबाही गरी बर्खास्त गरे पनि ओलीलाई नै घाटा हुनेछ।

यसले गर्दा ओली यतिबेला निकै अप्ठेरोमा परेका छन्। यसैकारण उनी माधव नेपाल पक्षलाई फकाउने प्रयासमा लागेको हुन सक्छ। माधव नेपालसहित उनी पक्षका नेताहरूलाई गरिएको निलम्बनको कारबाही पनि ओलीले फिर्ता लिने संकेत देखिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .