राजनीति


माल्दिभ्सका पूर्वराष्ट्रपति तथा सभामुख मोहम्मद नसिद बम विस्फोटमा घाइते

माल्दिभ्सका पूर्वराष्ट्रपति तथा सभामुख मोहम्मद नसिद बम विस्फोटमा घाइते

नेपालखबर
बैशाख २३, २०७८ बिहिबार १७:३८,

माल्दिभ्सका पूर्वराष्ट्रपति समेत रहेका अहिलेका संसद सभामुख मोहम्मद नसिद बम विस्फोटमा घाइते भएका छन्।

उनी आफ्नै घरबाहिर बिहीबार बेलुका भएको विस्फोटमा घाइते भएका हुन्। त्यसपछि उनलाई तत्काल अस्पताल लगिएको थियो।

‘विस्फोट हुँदा... संसदका सभामुख मोहम्मद नसिदलाई चोट लागेको छ र अहिले उनको एडीके अस्पतालमा उपचार भइरहेको छ,’ प्रहरीले जारी गरेको वक्तव्यमा भनिएको छ।

उनलाई के कस्तो चोटपटक लागेको हो भन्नेबारे भने विस्तृत विवरण दिइएको छैन। उनका अंगरक्षकमध्ये एकजनालाई अस्पताल लगिएको छ।

परराष्ट्रमन्त्री अब्दुल्ला शहिदले सो घट्नाकाे कडा शब्दमा निन्दा गरेका छन्।

‘यस्ता कायरतापूर्ण घट्नाको हाम्रो समाजमा कुनै स्थान हुनेछैन,’ उनले भनेका छन्।

उनको पार्टी माल्दिभियन डेमोक्रेटिक पार्टीका एक अधिकारीका अनुसार ५३ वर्षीय नसिद आफ्नो कारमा चढ्नै लाग्दा सो विस्फोट भएको थियो।

‘विस्फोटक वस्तुलाई पार्क गरिएको मोटरसाइकलमा जोडिएको जस्तो देखिन्छ,’ उनले भनेका छन्। थप अनुसन्धान भइरहेको उनले बताए।

राजधानी मालेका स्थानीयहरुले सो विस्फोटको आवाज शहरभर सुनिएको बताए।

उनको पार्टीले २०१९ मा एकलौटी रुपमा निर्वाचन जितेर सत्तामा गएपछि उनी सभामुख भएका हुन्।

त्यसो त उनी सन् २००८ मै भएको पहिलो बहुदलीय चुनाव जितेर देशकै पहिलो निर्वाचित राष्ट्रपति बनेका थिए।

तर २०१२ मा उनलाई राजनीतिक कू गरी सत्ताच्यूत गरिएको थियो। उनीविरुद्ध अपराधिक मुद्दा समेत लगाइएपछि सन् २०१८ मा उनी चुनाव पनि लड्न पाएनन्।

तर त्यो चुनावपछि उनको पार्टीले चुनाव जितेपछि उनी संसदमा गएका हुन्। –अलजजिरा

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .