कोरोना संक्रमणका कारण अस्वस्थ भएपछि विश्वप्रकाश शर्माले केही समयका लागि नेपाली कांग्रेसको प्रवक्ताको जिम्मेवारीबाट विश्राम लिएका छन्।
अस्वस्थताका कारण दुई साताका लागि प्रवक्ताको सक्रिय जिम्मेवारीबाट बिदा लिएको शर्माले बताएका छन्।
‘मिडिया, पार्टी र शुभचिन्तकहरूसँग क्षमा चाहन्छु,’ शर्माले मंगलबार सामाजिक सञ्जालमार्फत भनेका छन्, ‘चाँडै नै पूर्ण स्वस्थ भएर पूर्ण जाँगर साथ मैदानमा फर्किनेछु।’
यसबीच विभिन्न माध्यमबाट शुभेच्छा प्रकट गर्ने सबै मित्रप्रति उनले हृदयदेखि आभार, धन्यवाद भनेका छन्।
कांग्रेस प्रवक्ता शर्मामा हिजो सोमबार मात्र कोरोना संक्रमण पुष्टि भएको हो। त्यस क्रममा उनले लक्षणले च्यापे पनि मनोबल उच्च रहेको बताएका थिए।
यो पनि : कांग्रेसका प्रवक्ता शर्मालाई कोरोना संक्रमण, भन्छन् : लक्षणले च्यापेका छन्

प्रतिक्रिया