लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले प्रदेश सरकार बिस्तार गरेका छन्।
मुख्यमन्त्री पोखरेलले आइतबार राति आर्थिक मामिला तथा योजनामन्त्रीमा बैजनाथ चौधरी, स्वास्थ्य तथा जनसंख्यामन्त्रीमा हरि रिजाल, भौतिक पूर्वाधार विकासमन्त्रीमा सन्तोष पाण्डे र भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रीमा विजयबहादुर यादवलाई नियुक्त गरेका हुन्।
उनीहरुले आजै सपथग्रहण गरेका मुख्यमन्त्रीका प्रेस संयोजक शेरबहादुर केसीले जानकारी दिए।
मुख्यमन्त्री पोखरेलले आइतबार साँझ नै प्रदेश प्रमुख धर्मनाथ प्रसाद यादवबाट पद तथा गोपनियताको सपथ लिएका थिए।
प्रतिक्रिया