राजनीति


लुम्बिनीमा नयाँ सरकारका लागि मार्गप्रशस्त गर्न अध्यक्ष यादवको माग

लुम्बिनीमा नयाँ सरकारका लागि मार्गप्रशस्त गर्न अध्यक्ष यादवको माग

नेपालखबर
बैशाख १९, २०७८ आइतबार १६:१८,

जनता समाजवादी पार्टी (जसपा)ले लुम्बिनीमा अल्पमतमा परेका शंकर पोखरेललाई मुख्यमन्त्री नियुक्त गरिएको घटनाको भर्त्सना गरेको छ।

अध्यक्ष उपेन्द्र यादवले आइतबार एक विज्ञप्ति जारी गर्दै बहुमतअनुसार नयाँ सरकारका लागि मार्ग प्रशस्त गर्न आह्वान गरेका छन्।

‘बहुमतले हाम्रो पार्टी लगायतको विपक्षी गठबन्धनले प्रस्तावित गरेको मुख्यमन्त्रीका उम्मेदवार कुलप्रसाद केसीलाई समर्थन गरिसकेको स्थितिमा प्रदेश प्रमुखले पुनः शंकर पोखरेललाई मुख्यमन्त्रीको रुपमा शपथग्रहण गराउनु संसदीय लोकतन्त्रको मूल्यमान्यताविपरीत मात्र होइन, संविधानको ठाडो उल्लंघन पनि हो,’ विज्ञप्तिमा भनिएको छ, ‘तसर्थ हाम्रो पार्टी लुम्बिनी प्रदेशमा घटेका यी असंवैधानिक कदमको कडा विरोध तथा भर्त्सना गर्नुका साथै नेपालको संविधानबमोजिम विधि र प्रक्रियालाई अविलम्ब सुचारु गर्न तथा प्रदेशसभाको बहुमतअनुरुप नयाँ सरकारका लागि मार्गप्रशस्त गर्न आह्वान गर्दछ।’

अल्पमतमा परेका पोखरेलले आइतबार जबर्जस्ती शपथ लिएका थिए। पोखरेलको यो कदमको अन्य दलले चर्को विरोध गरेका छन्।

E0ZPBLzVEAUyA4z.jpg

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .