ad ad

राजनीति


जसपाले कारवाही गरेका ४ नेताको रिट दर्ता भएन

जसपाले कारवाही गरेका ४ नेताको रिट दर्ता भएन

नेपालखबर
बैशाख १९, २०७८ आइतबार ९:५६,

जनता समाजवादी पार्टीले प्रदेश सभा सदस्य र पार्टीबाट कारवाही गरेको भन्दै अदालत पुगेका ४ जना नेताको रिट फिर्ता भएको छ।

पार्टीको निर्णय विपरित लुम्बिनी प्रदेश सरकारमा मन्त्री हुन पुगेका जसपाका सांसदहरू सन्तोष कुमार पाण्डेय, विजयबहादुर यादव, सुमन शर्मा रायमाझी र कल्पना पाण्डेय आइतबार रिट लिएर सर्वोच्च पुगेका थिए।

उनीहरु विहीबार प्रदेश सभा सदस्यको जिम्मेवारीबाट समेत पदमुक्त भएका थिए। चारै जना जसपा अध्यक्ष महन्थ ठाकुर पक्षका हुन्।

सर्वोच्चले उनीहरुलाई निषेधाज्ञा खुलेपछि निवेदन लिएर आउन भनेको छ। निषेधाज्ञामा सर्वोच्चले अत्यावश्यक निवेदन मात्र दर्ता गर्ने निर्णय गरेको छ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .