राजनीति


‘अवस्था भयावह भइसक्यो, कृपया ! अब त अहंकारको धरहराबाट ओर्लनुस्’

‘अवस्था भयावह भइसक्यो, कृपया ! अब त अहंकारको धरहराबाट ओर्लनुस्’

नेपालखबर
बैशाख १८, २०७८ शनिबार ४:३९,

नेपाली कांग्रेसका नेता एवं सांसद गगन थापाले कोरोना महामारी भयावह भइसक्दा पनि यसको नियन्त्रण सरकारको प्राथमिकतामा नपरेको आरोप लगाएका छन्।

कोरोना महामारी रोकथामका लागि आम नागरिक पनि सतर्क र जिम्मेवार त हुनैपर्ने तर यसो भन्दैमा स्वास्थ्य मन्त्रालय पछि हट्न खोज्नु आपत्तिजनक भएको पूर्व स्वास्थ्यमन्त्रीसमेत रहेका थापाको टिप्पणी छ।

‘कोरोना संक्रमणको जुन भयावह अवस्थामा हामी छौं, निश्चय नै सरकार एक्लैले यसको सामना गर्न सक्दैन। सबै पक्ष र आम नागरिक सचेत, सतर्क र जिम्मेवार बन्नैपर्छ,’ शनिबार बिहान सामाजिक सञ्जालमार्फत सांसद थापाले भनेका छन्, ‘तर प्रधानमन्त्रीज्यू, यो लडाइँमा ‘हामी सक्दैनौं’ भनेर मन्त्रालयले हात उठाउने अनि तपाईंको प्राथमिकतामा अझै पनि महामारी नपर्ने ! आपत्तिजनक छ !’

उपलब्ध स्रोत, साधन, जनशक्ति सदुपयोग गर्ने हो भने अझै पनि कोरोनाबाट हुने क्षति कम गर्न सकिने ठाउँ रहेको तर त्यसका लागि प्रधानमन्त्री ओली सबैसँग सहकार्य गर्न तयार हुुनपर्ने थापाको भनाइ छ।

‘कठिन छ, तर अझै हामीसँग उपलब्ध स्रोत, साधन, जनशक्तिको सदुपयोग गरेर क्षति न्यूनीकरण गर्न सकिने ठाउँ छ। त्यसका लागि उपाय जानेकाहरूको कुरा सुन्न र आवश्यक निर्णय लिन सरकार तयार हुनुपर्छ,’ थापाको आग्रह छ, ‘प्रधानमन्त्रीज्यू, हामी साथ दिन तयार छौं, कृपया अब त अहंकार र अकर्मण्यताको धरहराबाट ओर्लनुस्।’

यी पनि : 

थप ५ हजार ७ सय २८ जनामा कोरोना संक्रमण पुष्टि

भारतसँगका २२ नाका बन्द गर्न सीसीएमसीको सिफारिस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad