कोरोना संकट व्यवस्थापन समिति (सीसीएमसी) ले भारतसँगका २२ वटा सिमानाका बन्द गर्न सिफारिस गरेको छ।
शुक्रबार सिंहदरबारमा बसेको समितिको बैठकले ३५ वटा नाकामध्ये २२ वटा बन्द गर्न मन्त्रिपरिषद्मा सिफारिस गरेको हो।
समितिको सिफारिस अनुसार काँकडभिट्टा, जोगवी, पशुपतिनगर, भिट्टामोड, गौर, वीरगन्ज, बेलहिया, कृष्णनगर, जमुना, मुलघाट, झुलाघाट, गौरिफन्टा र गड्डाचौकी नाका मात्रै सञ्चालन गर्न सिफारिस गरेको उपप्रधानमन्त्री इश्वर पोख्रेलका प्रेस संयोजक गणेश पाण्डेले नेपालखबरलाई जानकारी दिए।

प्रतिक्रिया