राजनीति


नेकपाको उपाध्यक्षमा वामदेव गौतम

नेकपाको उपाध्यक्षमा वामदेव गौतम

नेपालखबर
साउन ३१, २०७६ शुक्रबार ९:२३,

वामदेब गौतम सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को उपाध्यक्षमा चयन भएका छन् ।

शुक्रबार दिउँसो प्रधानमन्त्री निवासमा बसेको नेकपा केन्द्रीय सचिवालयको गौतमलाई उपाध्यक्ष चयन गरेको हो।

नेकपाका महासचिव विष्णु पौडेलले उपाध्यक्षमा गौतमलाई चयन गरी अनुमोदनका लागि स्थायी कमिटीमा पठाउने निर्णय भएकाे बताए।

नेपालखबरसँग कुरा गर्दै महासचिव पौडेलले भने, ‘सचिवालयले वामदेव गौतमजीलाई उपाध्यक्षमा चयन गरेको छ। उहाँको नाम अनुमोदनका लागि स्थायी समितिमा पठाउने निर्णय भयो।

विधानमा दुई अध्यक्षमात्र भनिए पनि गौतमलाई सचिवालयले निर्णय गरेर उपाध्यक्ष चयन गरेको हो।

पार्टीभित्र कमजोर बन्दै गएपछि अध्यक्ष ओलीले वामदेवलाई आफ्नो पक्षमा लिनका लागि उपाध्यक्षमा विधानमै नभएको पद सिर्जन गरेर उपाध्यक्ष बनाएको नेकपाका नेताले आरोप लगाए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad