राजनीति


‘१५ वर्षअघि बिरामी थिएँ, अहिले होइन’

‘१५ वर्षअघि बिरामी थिएँ, अहिले होइन’

नेपालखबर
साउन ३१, २०७६ शुक्रबार ६:४७,

प्रधानमन्त्री केपी शर्मा ओलीले अहिले आफू पूर्ण रुपमा स्वस्थ रहेको बताएका छन्।

 शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा आफूलाई भेट्न आएका झापाका जनप्रतिनिधिसँग प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन्। आफ्नो स्वास्थ्यबारे बाहिर चलेको हल्लामा कुनै सत्यता नभएको उनको भनाई थियो।

‘म सिकिस्तै भएको खबर सुनेर आउनु भएको होला । म १५ वर्षअघि बिरामी थिएँ, अहिले होइन्’, जनप्रतिनिधिसँग प्रधानमन्त्री ओलीले भने, ‘हिजो ९९ डिग्री ज्वरो आएर एकछिन् आराम गरेको थिएँ, बाहिर त हाँगा हालेर खबर आए।’

 प्रधानमन्त्री ओली गत सोमबार मात्रै स्वास्थ्य परिक्षण गरेका सिंगापुरबाट स्वदेश फर्किएका हुन्। स्वास्थ्य परीक्षणको क्रममा उनी १० दिन सिंगापुर बसेका थिए। उनको १२ वर्षअघि भारतमा मृगौला प्रत्यारोपण गरिएको थिया ।

प्रधानमन्त्री अस्वस्थ्य भएपनि बिहीबारका लागि बोलाएको प्रधानमन्त्री निवास बालुवाटारमा बोलाएको नेकपाको बैठक स्थगित भएको थियो । नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले प्रधानमन्त्री अस्वस्थ्य भएको कारण बैठक बस्न नसकेको जानकारी सञ्चारकर्मीहरुलाई गराएका थिए। नेकपाभित्र स्कुल विभागसहितका विभागको कसले लिने विषयमा विवाद चर्किदै गएपछि केन्द्रीय नेताहरुको जिम्मेवारी बाँडफाँट हुन सकेको छैन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .