ad ad

राजनीति


ओलीविरुद्ध अविश्वासको प्रस्ताव ल्याउन माओवादीले जसपाको निर्णय कुर्ने

ओलीविरुद्ध अविश्वासको प्रस्ताव ल्याउन माओवादीले जसपाको निर्णय कुर्ने

नेपालखबर
बैशाख १४, २०७८ मंगलबार १३:४२,

नेकपा माओवादी केन्द्रले प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अविश्वासको प्रस्ताव ल्याउनका लागि आफूहरु तयार भएपनि जनता समाजवादी पार्टी (जसपा) ले निर्णय नगरेकोले रोकिएको बताएको छ।

आज बसेको स्थायी समितिको बैठकले जसपा तयार नभएसम्म अविश्वासको प्रस्ताव ल्याउन कांग्रेस तयार नभएकाले जसपाको निर्णय कुर्ने समझदारी बनाएको हो।

‘अविश्वास प्रस्ताव ल्याउन हामी तयार छौं, तर कांग्रेसले अघि बढाउनुपर्‍यो। यो निर्णय अब लम्बिनु हुँदैन,' माओवादी उपाध्यक्ष नारायणकाजी श्रेष्ठले भने, ' यो सरकारलाई विस्थापन गरेर नयाँ सरकार बनाउनुपर्छ भन्ने हाम्रो धारणा हो तर, जसपाले निर्णय नगरीकन प्रक्रिया अघि बढ्दैन।'

आफूहरु जसपाको निर्णयको पर्खाइमा रहेको उनले बताए। यो निर्णय अब लम्ब्याउन नहुने श्रेष्ठको भनाई छ।

‘अविश्वासको प्रस्ताव ल्याउन हामी तयार छौं, हामीले त अनुरोध गरेको हो। नेपाली कांग्रेस बल्लबल्ल तयार भएर आएको छ,’ श्रेष्ठले भने,‘जसपाले निर्णय गर्नुपर्‍यो, जसपाले निर्णय गर्नासाथ प्रक्रिया अगाडि बढ्छ।'

यो सरकारलाई विस्थापित गरेर संविधान रक्षा, लोकतन्त्रको रक्षा र प्रतिगमनविरुद्ध संघर्ष गर्ने शक्तिहरु मिलेर नयाँ सरकार बनाउन सकियोस् भनेर माओवादीले पहल गरिरहेको श्रेष्ठले बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .