राजनीति


सशस्त्र एआईजीद्वय केसी र पौडेलको पदावधि एक वर्ष थप

सशस्त्र एआईजीद्वय केसी र पौडेलको पदावधि एक वर्ष थप

नेपालखबर
बैशाख १३, २०७८ सोमबार १५:३७,

सशस्त्र प्रहरी बलका अतिरिक्त प्रहरी महानिरीक्षक (एआईजी) पुष्पराम केसी र रामशरण पौडेलको पदावधि एक वर्ष थप भएको छ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले उनीहरुको पदावधी थप गर्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए।

गृहमन्त्री रामबहादुर थापाले पदावधि थप गर्न मन्त्रिपरिषदमा प्रस्ताव लगेका थिए।

एआईजीको ४ वर्षे पदावधि आगामी वैशाख १९ गते सकिँदै थियो। तर सरकारले चाहेमा एक वर्ष थप गर्न सक्ने सशस्त्र प्रहरीको नियमावलीमा व्यवस्था छ।

सोही व्यवस्था अनुसार सरकारले उनीहरुको पदावधि थप गरेको हो।

प्रस्ताव लैजानु पहिले गृहमन्त्री थापाले प्रधानमन्त्री केपी ओलीसँग बालुवाटारमा भेट गरेका थिए। त्यसपछि मन्त्री थापाले प्रस्ताव लगेको स्रोतले जानकारी दिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad