राजनीति


यस्ता छन् एमाले बैठकका ११ निर्णय

यस्ता छन् एमाले बैठकका ११ निर्णय

नेपालखबर
बैशाख १०, २०७८ शुक्रबार १३:१०,

नेकपा(एमाले)ले कर्णाली प्रदेशमा पार्टीको ह्वीप विपरित फ्लोर क्रस गर्ने चार जना प्रदेश सभा सदस्यलाई पार्टीको साधारण सदस्य समेत नरहने गरी कारबाही गरेको छ।

शुक्रबार नेकपा(एमाले)को महाधिवेसन आयोजक कमिटीको बैठकले कर्णाली प्रदेशमा पार्टीको ह्वीप विपरित फ्लोर क्रस गरेर मुख्यमन्त्री महेन्द्रबहादुर शाही नेतृत्वको सरकारको पक्षमा मतदान गर्ने चार जना प्रदेश सभा सदस्यलाई पार्टीको साधारण सदस्य समेत नरहने गरी कारबाही गरेको हो।

यस्तै, कर्णाली प्रदेश सभाको एक र संघीय संसदको २७ जना सांसदहरुलाई सोधिएको स्पष्टिकरणको अधिकांशको जवाफ आएको भन्दै त्यसको थप अध्ययन गरेर आवश्यक निर्णय गर्ने अख्तियारी स्थायी कमिटी बैठकलाई दिएको पनि प्रवक्ता प्रदीप ज्ञवालीले बताए।

बैठकले पार्टीको स्थायी कमिटी पनि गठन गरेको छ। साबिक नेकपामा स्थायी कमिटी सदस्यको रुपमा रहेका १९ जना सदस्यहरुलाई स्थायी कमिटी सदस्य बनाउने निर्णय गरेको छ। बैठकले समसामयिक राजनीतिक विषयको सन्दर्भमा ११ बुँदे प्रस्ताव पारित गरेको पनि प्रवक्ता ज्ञवालीले जानकारी दिए।

यस्ता छन्, निर्णयहरु   

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad