राजनीति


स्वास्थ्य मापदण्डविपरीत प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भयो एमाले बैठक

स्वास्थ्य मापदण्डविपरीत प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भयो एमाले बैठक

नेपालखबर
बैशाख १०, २०७८ शुक्रबार ६:३२,

नेकपा एमालेको दसौं महाधिवेशन आयोजक कमिटीको बैठक सुरु भएको छ।

प्रधानमन्त्रीको सरकारी निवास (बालुवाटार) मा सो बैठक अहिले शुक्रबार ११ बजेदेखि सुरु भएको हो।

सरकारले कोरोना महामारीका कारण स्वास्थ्य मापदण्डअनुसार २५ जनाभन्दा बढि मानिस एकैठाउँमा भेला हुन नपाउने नियम लागु गरेको छ।

तर बालुवाटारमा प्रधानमन्त्रीकै अध्यक्षतामा पार्टीको २ सय ६५ सदस्यीय बैठक बसेको छ।

२ सय ६५ मध्ये पूर्वप्रधानमन्त्री तथा पार्टीका वरिष्ठ नेता माधवकुमार नेपाल, उपाध्यक्ष भीम रावल, उपमहासचिव घनश्याम भुसाल र स्थायी समिति सदस्य सुरेन्द्र पाण्डेलाई पार्टीबाट निलम्बन गरेको हुँदा हाल २ सय ६१ जना सदस्य कायम रहेको सो समितिको बैठक आयोजना गरिएको हो।

तीमध्ये नेपाल पक्षका सदस्यहरु ओलीले राखेका बैठकहरुमा सहभागी भएका छैनन्।

सरकारले स्वास्थ्य मापदण्डका लागि २५ जनाभन्दा बढि जन्ती, मलामीमा समेत सहभागी हुन नपाउने नियम जारी गरेको छ। सोहि नियमअनुसार अहिले स्कूल, कलेज, फिल्म हल बन्द गरिएको छ। तर यति नै बेला प्रधानमन्त्री निवासमा भने एउटै सभाहलमा सयौं व्यक्ति सहभागी रहेको बैठक प्रधानमन्त्रीकै अध्यक्षतामा सुरु भएको हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad