प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच काठमाडौंस्थित होटल मेरियटमा एक्लाएक्लै वार्ता भइरहेको छ।
हिजो मंगलबार नै नेपालसहितका २७ सांसदलाई स्पष्टीकरण सोधेका ओलीले साँझ ६ बजेदेखि नेता नेपालसँग वार्ता गरिरहेका हुन्।
नेपालसहितका २७ सांसदलाई पदमुक्त गर्नेगरी ओलीले स्पष्टीकरण सोधेपछि एमाले विभाजनको डिलमा पुगेको विश्लेषण भइरहेका बेला त्यसलाई रोक्न अन्तिम प्रयासस्वरुप ओली र नेपालबीाच छलफल चलेको हो।
मेरियटबाहिर अहिले ठूलो संख्यामा सञ्चारकर्मी पुगेका छन्। होटलबाहिर सुरक्षाकर्मीको पनि बाक्लो उपस्थिति देखिन्छ।
यो पनिः एकअर्काबीच तीव्र संघर्ष भइरहेकै बेला ओली र नेपालबीच नै भेटवार्ता
दुई नेताबीच छलफल चलेको थाहा पाएपछि एमाले कार्यकर्ताहरु पनि होटलमा जम्मा हुन थालेका छन्।
बुधबार नै ओलीले नेपालपक्षीय नेता योगेश भट्टराईसँग बालुवाटारमा दुईघण्टा छलफल गरेका थिए।
मेरियटको माहोल हेरौं तस्बिरमा:
प्रतिक्रिया