सर्वोच्च अदालतका नवनियुक्त न्यायाधीशहरु नहकुल सुवेदी र कुमार चुडालले पद तथा गोपनीयताको शपथ लिएका छन्।
बुधबार सर्वोच्च अदालतमा प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले नवनियुक्त न्यायाधीशहरु सुवेदी र चुडाललाई पद तथा गोपनीयताको शपथ ग्रहण गराएका हुन्।
न्यायाधीशद्वयले नेपाली जनता, संविधान र अन्य कानूनप्रति पूर्ण निष्ठावान रही सर्वोच्च अदालतको न्यायाधीश पदको जिम्मेवारी न्यायपालिकाको स्वच्छता र मर्यादा विपरीत नहुने गरी इमान्दारपूर्वक पालना गर्ने भनी ईश्वरको नाममा शपथ लिए।
न्यायपरिषद्द्वारा प्रस्तावित दुवै जनाको नाम संसदीय सुनुवाई समितिले गत शुक्रबार अनुमोदन गरेपछि राष्ट्रपति विद्यादेवी भण्डारीले न्यायधीश पदमा नियुक्त गरेका थिए।
सर्वोच्च अदालतका न्यायाधीशरुको शपथग्रहण राष्ट्रपतिको उपस्थितिमा प्रधानन्यायाधीशले गराउने चलन रहेको छ।
तर यसपटक कोरोना महामारीको जोखिमका कारण राष्ट्रपतिको उपस्थितिविना प्रधानन्यायाधीश ज.ब.रा.ले पद तथा गोपनीयताको शपथ गराएका हुन्।
Shares

प्रतिक्रिया