काठमाडौं उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुले कोरोना भाइरस नियन्त्रणका लागि सरकारले जारी गरेको आदेशको प्रभावकारी कार्यान्वयन गर्ने निर्णय गरेका छन्।
मंगलबार काठमाडौं, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला अधिकारी लगायत सुरक्षा निकायका पदाधिकारीहरु समेतको उपस्थितिमा बसेको बैठकले कोरोना नियन्त्रणका लागि सरकारले वैशाख ६ गते गरेका निर्णय र आदेशको प्रभावकारी कार्यान्वयन गराउन जोड दिने निर्णय गरको काठमाडौं जिल्लाका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले बताए।
कोरोना संक्रमणबाट बच्न व्यापक रुपमा प्रचार प्रसार गर्ने, सरोकारवालाहरु सहितको संलग्नतामा अनुगमन गर्ने निर्णय भएको बताए।
सरकारले २०७८ वैशाख मसान्तसम्म विद्यालयहरु भौतिक उपस्थिति नगराइकन भर्चुअल माध्यमबाट सञ्चालन गर्ने, रात्रिकालीन व्यवसाय बन्द गर्ने, भेला, जुलुस तथा आमसभा नगर्ने र विवाह व्रतबन्ध जस्ता सामाजिक काममा २५ जनाभन्दा बढी सहभागी हुन नपाउने निर्णय गरेको छ। सरकारको सोही निर्णयलाई उपत्यकामा प्रभावकारी कार्यान्वयन गराउने निर्णय भएको हो।
Shares

प्रतिक्रिया