राजनीति


एमाले बैठक : माधव नेपाल पक्षका २० नेतालाई थप कारबाही गर्ने निर्णय

एमाले बैठक : माधव नेपाल पक्षका २० नेतालाई थप कारबाही गर्ने निर्णय

नेपालखबर
बैशाख ६, २०७८ सोमबार १०:४६,

अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा बसेको नेकपा एमालेको बैठकले थप नेताहरुमाथि कारबाही गर्ने निर्णय गरेको छ।

सो बैठकले यसअघि नै कारबाहीमा परेका पार्टीका वरिष्ठ नेता माधवकुमार नेपाल, उपाध्यक्ष भीम रावल, उपमहासचिव घनश्याम भुसाल र स्थायी समिति सदस्य सुरेन्द्र पाण्डेलाई थप कारबाही गर्ने र अन्य १६ जना नेतालाई पनि कारबाही गर्ने भएको हो।

प्रधानमन्त्री निवास बालुवाटारमा जारी बैठकमा सो निर्णय गरिएको बैठकमा सहभागी एक केन्द्रीय सदस्यले बताए।

यी चारैजना नेताले यसअघि दिएको स्पष्टीकरण चित्तबुझ्दो नभएको भन्दै निलम्बित गरिसकिएको छ।

उनीहरुबाहेक प्रकाश ज्वालासहित कणाली प्रदेशका पाँच जना नेताहरु र अन्य नेताहरु समेत गरी २० जना नेतालाई दुई दिनको अन्तिम चेतावनीयुक्त स्पष्टीकरण सोध्ने निर्णय गरिएको ती केन्द्रीय सदस्यले बताए।
उनका अनुसार ती नेताहरुबाट सो स्पष्टीकरण आएपछि बैशाख १० गते बस्ने बैठकबाट कार्बाही गरिने छ। ‘विधानको प्रावधानअनुसार सफाइ पेस गर्न दिइएको हो,’ उनले भने।

गत पुसमा बसेको ओलीपक्षीय केन्द्रीय समितिको एउटा बैठकले १५ सय १ जनालाई केन्द्रीय सदस्य बनाउने निर्णय गरेको थियो।

सो १५ सय १ जनाको समितिलाई अब राष्ट्रिय प्रतिनिधि परिषद बनाउने निर्णय पनि सो बैठकले गरेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad