ad ad

राजनीति


रामबहादुर थापा पुनः गृहमन्त्री नियुक्त

रामबहादुर थापा पुनः गृहमन्त्री नियुक्त

नेपालखबर
बैशाख ५, २०७८ आइतबार १०:८,

दल त्याग गरेका कारण माओवादी केन्द्रले सांसद पदबाट हटाएपछि गृहमन्त्री पद गुमाएका रामबहादुर थापाले सोही मन्त्रालयको जिम्मेवारी पाएका छन्।

थापालाई आइतबार अपरान्ह पुनः मन्त्री पदको सपथ ग्रहण गराएर गृहको जिम्मेवारी दिइएको हो।

आइतबार राष्ट्रपति कार्यालयले विज्ञप्ति प्रकाशित गरी संविधानको धारा ७८ को उपधारा १ बमोजिम प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले थापालाई मन्त्री पदमा नियुक्त गरी गृहमन्त्रीको जिम्मेवारी तोकेको जनाएको छ।

माओवादी केन्द्रले आफ्नो दल त्याग गरेर एमालेमा लागेका थापालाई सांसद पदबाट हटाएको थियो। राष्ट्रिय सभा सदस्यबाट बर्खास्त भएसँगै थापाको गृहमन्त्री पद पनि गुमेको थियो।

सांसद नरहे पनि प्रधानमन्त्रीले ६ महिनासम्मका लागि मन्त्री पदमा पुनः नियुक्ति दिन सक्ने संवैधानिक व्यवस्था छ। सोहीबमोजिम प्रधानमन्त्री केपी शर्मा ओलीले थापालाई फेरि गृहमन्त्री पदमा पुनःनियुक्ति दिएका हुन्।

राजनीतिक दलसम्बन्धी ऐनअनुसार आफू निर्वाचित पार्टी छाडेपछि सांसद पद पनि जाने प्रावधानअनुरूप पद खारेज गर्न माओवादी केन्द्रले सूचना गरेपछि संघीय संसदले उनलाई राष्ट्रिय सभाको सदस्य पदबाट हटाएको हो।

 बर्खास्तलगत्तै बादल फेरि गृहमन्त्री

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .