राजनीति


कर्णाली प्रदेशका मुख्यमन्त्री शाहीले आइतबार मन्त्रिमण्डल विस्तार गर्दै

कर्णाली प्रदेशका मुख्यमन्त्री शाहीले आइतबार मन्त्रिमण्डल विस्तार गर्दै

नेपालखबर
बैशाख ४, २०७८ शनिबार १०:२८,

प्रदेश सभामा शुक्रबार विश्वासको मत पाएका कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले भोलि (आइतबार) मन्त्रीमण्डल विस्तार गर्ने भएका छन्।

प्रदेशका एक सांसदका अनुसार मुख्यमन्त्री शाहीको पक्षमा मत दिने एमालेका ४ र नेपाली काङ्ग्रेसलाई समेत सहभागी गराएर भोलि नै मन्त्रिमण्डल बिस्तार गर्न लागिएको हो।

‘भोलि नै मन्त्रिमण्डल विस्तार हुन्छ, फ्लोर क्रस गर्ने ४ जना र काङ्ग्रेसलाई समेत सहभागी बनाएर मन्त्रिमण्डल विस्तारसहित पुनर्गठन हुनेछ,’ ती सांसदले नेपालखबरसंग भने, ‘मुख्यमन्त्रीले सरकार विस्तारको तयारी अन्तिम चरणमा पुर्‍याउनु भएको छ।’

नेकपा एमालेबाट कर्णाली सरकारमा रहेका आर्थिक मामिलामन्त्री प्रकाश ज्वाला, सामाजिक विकासमन्त्री दल रावल र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री नन्दसिंह बुढाले चैत २४ गते राजीनामा दिएर बाहिरिएका थिए।

एमालेका तीन मन्त्री बाहिरिएपछि प्रदेश सरकारमा माओवादी केन्द्रका मुख्यमन्त्री सहित ३ मन्त्री बहाल छन्।

चैत ४ गते सो प्रदेशमा एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिएको थियो।

सोही कारण शुक्रबार प्रदेश सभामा मुख्यमन्त्री शाहीले विश्वासको मत लिएका थिए।

उनलाई एमालेका प्रकाश ज्वाला, अम्मरबहादुर थापा, कुर्मराज शाही र नन्दसिंह बुढाले नेकपा एमाले संसदीय दलको ह्वीप उल्लंघन गर्दै मुख्यमन्त्री शाहीको पक्षमा मत दिएका थिए।

नेपाली काङ्ग्रेसले शाहीको पक्षमा मतदान गरेको थियो। काङ्ग्रेसको सो प्रदेशमा ६ जना सांसद छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .