आगामी अप्रिल १७ मा हुने पाँचौ चरणको विधानसभा निर्वाचनको कार्यक्रमका लागि भारतीय जनता पार्टीका शाह दार्जिलिङ पुगेका हुन्।
बंगालको विधानसभा निर्वाचनमा भाजपा र तृणमूल कांग्रेसबीच कडा प्रतिस्पर्धा छ।
सो क्रममा उनले ढाका टोपी लगाएर दार्जिलिङका नेपाली भाषी ‘गोर्खा’लाई फकाउँदै भाजपाले गोर्खाको लागि राम्रो काम गर्ने बताए।
उनले भनेका छन्,‘गोर्खा भारतको शान हो। तपाइँहरु कसैको डर र धम्कीदेखि त्रसित नहुनुहोस्’
‘भारतीय जनता पार्टीले मात्र गोर्खा समुदायको समस्याको समाधान गर्न सक्छ’ उनले भने,‘ममता दिदीले दार्जीलिङको विकास रोकिन्।’
ममता बनर्जी पश्चिम बंगालकी मुख्यमन्त्री हुन्।
शाहले ममतालाई हराएर उनको स्थानमा भाजपाका मुख्यमन्त्री बनाइएमा गोर्खा समुदायका ११ जातजातिलाई सूचीकृत जातिमा समावेश गर्ने प्रतिवद्धता व्यक्त गरेका छन्।
भारतमा सूचीकृत जातिमा परेका समुदायले जागिर, शिक्षा, स्वास्थ्य लगायतमा विशेष छुट तथा प्राथमिकता पाउने गर्छन्।
— AajTak (@aajtak) April 13, 2021'दीदी ने दार्जीलिंग का विकास रोका... BJP ही गोरखा समस्या का स्थायी समाधान ला सकती है,' अमित शाह#WestBengalElections #AmitShah #BJP pic.twitter.com/v6fUwMt6hN

प्रतिक्रिया